काठमाण्डाै – राष्ट्रिय सभा चुनावअन्तर्गत आज (आइतवार) राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज राति १२ बजेदेखि माैन अवधि सुरु हुने जानकारी गराएको हो ।आयोगका सहसचिव एवम् सहप्रवक्ता कोमलप्रसाद धमलाले मौन अवधि एउटा नैतिक बन्धन र कानुनी हतियार भएकाले आयोगले चुनावकाे आचारसंहिता सार्वजनिक गरेको बताउनुभयो । उहाँले यस समयमा चुनावकाे मतदान हुने तीन सय मिटर वरपरको ठाउँमा भएका पर्चा, पम्प्लेट र पोस्टर हटाइनुपर्ने बताउनुभयो । सहसचिव धमलाले आजदेखि...