काठमाण्डाै - आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ ।
तीनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका ...