राष्ट्रिय सभा चुनाव : लुम्बिनीमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी

लुम्बिनी प्रदेशमा बुधवार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विक ‘राजेश’ विजयी भएका निवाचन अधिकृत गहेन्द्र कुँवरले जानकारी दिए । उनीहरूले एमालेको उम्मेदवार रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।  बिहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । चुनावमा प्रदेशसभा सदस्य ८१ र स्थानी...