सुर्खेत – राष्ट्रिय सभा सदस्यका लागि कर्णालीमा गठबन्धन र एमालेकाे तर्फबाट तीन/तीन जनाको उम्मेदवारी दर्ता भएकाे छ । यही माघ १२ गते हुने चुनावका लागि कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तीन दलको गठबन्धन बनेको छ । कर्णालीमा तीन दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ ।
गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र नेकपा एकीकृत समाजवादीका उदय बोहोरा (सल्यान) ले उम्मेदवार दर्ता गराएका हुन् । गुरुङले महिलाबाट, विष्टले अपाङ्ग...