राजनीतिमा युवा आफैंमा योग्यता होइन, एजेण्डा र कार्यक्रम नै प्रमुख हो । तर नेपालको राजनीतिक परिवर्तनमा युवा नेतृत्व हुँदा नै साना–ठूला राजनीतिक परिवर्तन भएका छन् । त्यसैले कांग्रेसमा आएको यो परिवर्तनको असर रोक्न छिन्नभिन्न अवस्थामा पुगेका कम्युनिष्ट पार्टीहरुलाई सजिलो छैन ।