भन्नलाई संसारकै सजिलो (कविता)

बालेन्द्र शाह भन्नलाई संसारकै सजिलो, हुनलाई एकदमै गाह्रो, देखाउन एकदमै सजिलो, देखिन साह्रैनै गाह्रो, सबै धर्मभन्दा ठूलो, सबै जातभन्दा माथि, सबै कर्मभन्दा ठूलो, हरेक आँटभन्दा माथि, मृत्यु हरेक दिन, धान्न सबल छौं के त ? एउटै मात्र छ प्रश्न, असल छौ के त ?