गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप बढ्दो

लेखनाथ– कास्कीका गाउँ तथा सहरी क्षेत्रमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप देखापरेको छ । घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न थालेका छन् ।  गाईबस्तु मर्न थालेपछि किसान चिन्तित बनेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्सक भरत रेग्मीका अनुसार कास्कीको पूर्वी भेगमा यो रोगको प्रकोप बढी देखिएको […]

सम्बन्धित सामग्री

मनाङमा पनि फैलियोे लम्पी स्किन

हिमाली जिल्ला मनाङमा पनि गाईगोरुमा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा

लम्पी स्किनको प्रकोप देशभर : साढे ९ हजार पशुु मरे, तीन लाख ५५ हजारबढी सङ्क्रमित

गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । हाल यस रोगको […]

हिमाल उक्लियो लम्पी स्किन

ललितपुर : गर्मीयाम सुरु भएलगत्तै देशभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ। लामखुट्टे, भुसुना, किर्ना र टोक्ने  झिंँगाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ। पशु सेवा विकासका सूचना अधिकारी डा. चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु संक्रमित भएको सूचना आएको जानकारी दिए। नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट संक्रमित भएको र करिब छ हजार पशु मरेको सूचना अधिकारी ढकालले जानकारी

लम्पी स्किन रोग तराई हुँदै हिमाली जिल्लामा फैलियो

काठमाडौँ – गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ । पशु सेवा विकासका सूचना अधिकारी डा चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु सङ्क्रमित भएको […]

लम्पी स्किनले पाँचथरमा पाँच हजार गाईभैंसी प्रभावित

पहाडी जिल्ला पाँचथरका किसानले पालेका गाई भैंसीमा लम्पी स्किन रोगको प्रकोप बढेको छ । लम्पी स्किनका कारण गाई भैंसीको छालामा गिर्खा निस्किने, ज्वरो आउने, सीथिल बन्दै जाने र त्यसपछि मृत्युसम्म हुने गरेको किसानहरु बताँउछन् ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा बन्द

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले आफ्नो सेवा बन्द गरेको छ । सुदूरपश्चिम प्रदेशभरि पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप भयावह रहेको बेला प्रयोगशालाले आजबाट आकस्मिकबाहेक सबै सेवा बन्द गरेको हो ।

सप्तरीमा पनि ‘लम्पी स्किन’ रोगको प्रकोप

सप्तरीमा समेत लम्पी स्किन रोगको प्रभाव बढ्दै गएको छ । यति बैला मुलुकको विभिन्न जिल्लामा फैलिएको लम्पी रोगबाट सप्तरीमा समेत पशु चौपाया मर्न लागेको हो ।

‘लम्पी स्किन’ रोगबाट सयौँ पशु सङ्क्रमित

लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप देखिएको छ। लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, रोल्पा, रुकुम, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र पश्चिम नवलपरासी जिल्लामा यो रोगले पशु चौपाया मर्ने गरेका छन्। पछिल्लो दुई महिना यता यो रोगले भयानक रूप लिएको लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेशमा अहिले ७७ हजार ९१३ गाई, भैँसीमा सङ्क्रमण देखिएको दिर्नेशनालयले जनाएको छ। रोगका कारण हालसम्म दुई हजार ८३५ गाई, भैँसीको मृत्यु भएको छ। निर्देशनालयका निर्देशक डा. परबेज आलमका अनुसार यस प्रदेशका १२ वटा जिल्लामध्ये अहिले सबैभन्दा धेरै रोल्पा जिल्लाका पशुमा यो सङक्रमण देखिएको छ । रोल्पामा अहिलेसम्म २७ हजार पशु सङ्क्रमित भएका छन् भने एक १३९ पशुको मृत्यु भएको छ।

लम्पी स्किन रोगका कारण २२७ चौपाया मरे

खेतीपाती गर्ने बेला लम्पी स्किन रोगको प्रकोप फैलिएपछि यहाँका किसानहरू चिन्तित हुन थालेका छन् ।