धनगढी : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त प्रकरणका दोषीलाई तीन वर्षसम्म पनि कानुनी दायरामा ल्याउन नसक्दा प्रहरी असफल भएको छ।निर्मला बेपत्ता भएको (हिजो) आइतबार तीन वर्ष पूरा भएको छ भने मृत फेला परेको सोमबार तीन वर्ष पुग्दै छ। तर प्रहरी भने अनुसन्धानका नाममा रुमल्लिएको छ। पन्त प्रकरणको रहस्यको वास्तविकता अझै खुलेको छैन।तीन वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका परिवारका सदस्यले न्याय पाउने आस गुमेको बताएका छन्। ‘हत्यामा संग्लन अझै पनि खुलेआम घुमिरहेका छन्,&