निर्मला हत्याकाण्ड : शंकास्पद भारतीय नागरिकको डिएनए म्याच भएन

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानको सिलसिलामा पक्राउ गरिएका भारतीय नागरिकको डिएनए भेजाइल स्वाबसँग म्याच भएन । डिएनए म्याच नभएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई रिहा गरेको छ । २०७८ मंसिर २५ मा पक्राउ गरिएका भारतिय नागरिक निकार अलि हसनलाई डिएनए म्याच नभएसँगै थुनामुक्त गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी विष्णुकुमार केसीले रातोपाटीलाई बताए ।१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षिया निर्मलाको ह

सम्बन्धित सामग्री

निर्मला हत्याकाण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआ