इजरायलमा उग्रदक्षिणपन्थीहरूले भीडले तेलअभिभ नजिक एक अरब पुरुषमाथि बुधवार आक्रमण गरेका छन् ।
इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चलिरहेको बेलामा ती पुरुषलाई बेहोश नहुन्जेल कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।
तेलअभिभको दक्षिणमा रहेको बात याम भन्ने स्थानमा आक्रमण गरिएको हो ।
प्रहरी तथा आकस्मिक सेवाका मानिसहरू घटनास्थलमा १५ मिनेटपछि मात्र आइपुगेका थिए । त्यतिन्जेल पीडित अचेत भएर सडकको बीचमा लडेका थिए ।
उक्त अरब पुरुषले यहुदी राष्ट्रवादीहरूमाथि गाडी चलाउन खोजेको भन्दै भीडले कुटपिटलाई...