अस्ट्रेलियाको घरजग्गामा नेपालीको आकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयसमयमा सार्वजनिक सूचनामार्फत विदेशमा लगानी नगर्न सचेत गराए पनि अस्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्न नेपालीहरू आकर्षित भएको पाइएको छ । अस्ट्रेलियाको सरकारी कार्यालयले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार नेपालीहरूले १ वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी घरजग्गामा लगानी गरेको पाइएको हो । अस्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले सार्वजनिक गरेको वैदेशिक लगानीसम्बन्धी प्रतिवेदनमा सन् २०२२–२३ मा नेपालीले १२६ ओटा लगानी प्रस्तावमार्फत अस्ट्रेलियाको घरजग्गा व्यवसायमा १० करोड अमेरिकी डलर लगानी गरेका छन् । बुधवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार त्यो १३ अर्ब ३४ करोेड रुपैयाँ बराबर हुन्छ ।  सन् २०२१–२२ मा पनि नेपालीले १४० लगानी प्रस्तावबाट १० करोड डलर नै लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षको पछिल्लो त्रैमासमा भने नेपालीले ५८ ओटा लगानी प्रस्ताव पेश गरेका छन् । अघिल्लो त्रैमासमा ६८ ओटा लगानी प्रस्ताव परेको थियो । प्रतिवेदनमा अस्ट्रेलियाले आफ्नो रियल स्टेट व्यवसायमा लगानी गर्ने मुख्य १० देशको नाम उल्लेख गरेकोमा नेपाल ८औं स्थानमा छ । संख्यात्मक रूपमा चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरपछि नेपालको बढी लगानी छ । नेपाल पछाडि इन्डोनेशिया, बेलायत र मलेशिया छन् । लगानी रकमका आधारमा भने नेपालको स्थान तल छ । रकमका आधारमा नेपालको भन्दा बढी लगानी बेलायत र मलेशियाका लगानीकर्ताको रहेको प्रतिवेदनमा उल्लेख छ ।   एक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी लगानी  परिवारसहित पलायन हुनेले यताको सम्पत्ति बेचेर उता किनेको अनुमान अस्ट्रेलियाको घरजग्गा एजेन्ट कम्पनी ल्यान्ड एन्ड लिजमा सेल्स म्यानेजर रही काम गरेका ज्योतीन्द्र कडरियाका अनुसार अस्ट्रेलियामा घरजग्गाको लगानी सुरक्षित र प्रतिफल पनि राम्रो आउने भएकाले नेपालीको लगानी बढीरहेको छ । ‘अस्ट्रेलियामा घरजग्गा व्यवसाय उच्च नियमनमा रहेको र प्रतिफल सुनिश्चित रहेकाले लगानी गर्न सुरक्षित मानिन्छ,’ उनले आर्थिक अभियानसँग भने, ‘नेपालीको कमाइ पनि राम्रो रहेकाले यस क्षेत्रमा लगानी गरिरहेका छन् ।’ घरजग्गा किन्दा मात्र सेटल भइने सोचाइका कारण पनि नेपालीले यसतर्फ लगानी गर्न जोड दिएका हुन् ।  उच्च शिक्षा अध्ययन, रोजगारी र विदेश बसाइका लागि अस्ट्रेलिया नेपालीको आकर्षक गन्तव्य बनिरहेको छ । विभिन्न पेशा व्यवसायमा स्थापित हुने नेपालीको संख्या बढ्दै गएको र रियल इस्टेट एजेन्ट, लेखापढी, ऋण ब्रोकर जस्ता व्यवसायमा पनि नेपाली उलेख्य रहेको कडरियाले बताए । यसले गर्दा नेपालीलाई यस क्षेत्रमा लगानी गर्न सजिलो भएको छ । अस्ट्रेलियन सरकारको गृह मन्त्रालयका अनुसार २०२१ जुनसम्ममा १ लाख २९ हजार ८७० नेपालीले स्थायी बसोवास अनुमति पाएका छन् । सन् २०११ मा यो संख्या २७ हजार मात्र थियो ।  सरकारले विदेशमा बस्ने नेपालीले बस्दाको अवधिसम्म आफ्नो आर्जनबाट विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गरे पनि नेपालबाट लगानी लैजान पाउँदैनन् । विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ ले स्वदेशमै बस्ने नेपाली नागरिकलाई विदेशमा लगानी गर्न निषेध गरेको छ । सोही प्रावधानअनुसार राष्ट्र बैंकले समयसमय सूचना जारी गरी विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरीद गर्न, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायत पूँजीगत प्रकृतिका कारोबार नगर्न सचेतसमेत गराउँदै आएको छ । तर, अस्ट्रेलियामा घरजग्गा व्यवसायमा भएको ठूलो लगानीले नेपालबाट समेत अवैध बाटोबाट पूँजी पलायन भएको आशंका गरिएको छ । परिवारसहित नेपालबाट पलायन भएका नेपालीले यहाँको सम्पत्ति बेचेर अस्ट्रेलियामा घरजग्गा किन्ने गरेको त्यहाँ अध्ययनरत एक विद्यार्थीले बताए । 

सम्बन्धित सामग्री

बीमा कम्पनीहरू घरजग्गामा लगानी गर्न अनिच्छुक

काठमाडौं । बीमा कम्पनीहरू घरजग्गामा लगानी गर्न अनिच्छुक रहेको पाइएको छ । यस क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई घरजग्गामा लगानी गर्न बाटो खोलिदिए पनि आर्थिक वर्ष (आव) २०७९/८० मा एउटै कम्पनीले लगानी नगरेको प्राधिकरणले जानकारी दिएको छ ।  प्राधिकरणका अनुसार बीमा कम्पनीहरूबाट विभिन्न क्षेत्रमा साढे ६ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । बीमा कम्पनीहरूले आव २०७९/८० मा मुद्दती निक्षेप, सूचीकृत पब्लिक लिमिटेड कम्पनी, बन्ड, डिबेन्चर, नागरिक लगानी कोषलगायतमा ६ खर्ब ५८ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।  यस क्षेत्रबाट भएको कुल लगानीमा सबैभन्दा बढी अंश जीवन बीमा कम्पनीको छ । कुल लगानीमा जीवन बीमा कम्पनीहरूको अंश ८६ प्रतिशत छ । यो भनेको ५ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँभन्दा बढी हो । कुल लगानीमा निर्जीवन बीमा कम्पनीको अंश ९ प्रतिशत छ । निर्जीवन बीमा कम्पनीहरूले ५८ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी ५ प्रतिशत लगानी पुनर्बीमा कम्पनीहरूको हो । उनीहरूले २९ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको प्राधिकरणको भनाइ छ । लघु बीमा कम्पनीहरूले समेत विभिन्न क्षेत्रमा लगानी गरे पनि त्यो नगन्य छ ।  विज्ञ भन्छन्– अहिले घरजग्गाको मूल्य धेरै छ । यसले गर्दा जोखिम पनि बढी भएकाले कम्पनीहरूले लगानी नगरेको हुन सक्छ । प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाअनुसार नै बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । बीमा कम्पनीहरूले घरजग्गामा लगानी गर्न भने नचाहेको देखिन्छ । आव २०७८/७९ मा एउटा मात्रै बीमा कम्पनीले घरजग्गामा लगानी गरेको प्राधिकरणले बताएको छ । उक्त आवमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६ करोड २४ लाख रुपैयाँ घरजग्गामा लगानी गरेको थियो ।  प्राधिकरणका अनुसार पुनर्बीमा, जीवन बीमा र निर्जीवन बीमा कम्पनीले कुल लगानीको बढीमा १० प्रतिशत घरजग्गामा लगानी गर्न पाउँछन् । लघु बीमा कम्पनीले भने घरजग्गामा लगानी गर्न नपाउने व्यवस्था भएको प्राधिकरणले जानकारी दिएको छ ।  प्राधिकरण (साविक बीमा समिति) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं जोखिमका कारण कम्पनीहरूले घरजग्गामा लगानी नगरेको आकलन गर्छन् । ‘अहिले घरजग्गाको मूल्य धेरै छ । यसले गर्दा जोखिम पनि बढी भएकाले कम्पनीहरूले लगानी नगरेको हुन सक्छ,’ उनले भने ।  घरजग्गा तरल सम्पत्ति नभएकाले यस क्षेत्रमा लगानी गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणले उनकै कार्यकालमा सीमा तोकेको चापागाईंले बताए । ‘कम्पनीहरूले आजको भोलि नै बीमितलाई भुक्तानी गर्नुपर्ने हुनसक्छ । तर, घरजग्गामा लगानी गर्दा तत्कालै नगदमा परिणत गर्न नसकिने भएकाले सीमा निर्धारण गर्ने अन्तरराष्ट्रिय अभ्यास छ,’ उनले भने ।

सहकारीको कम्पनीकरण र घरजग्गामा लगानी समस्याको प्रमुख कारण

कार्यदलका संयोजक डा. जयकान्त राउत भन्छन्- सहकारी नियमनमा सरकारको प्रतिबद्धता नै कमजोर भयो । बैंक तथा वित्तीय संस्थाको संख्या थोरै छ । तर नियमनका लागि राष्ट्रबैंकको त्यति ठूलो संरचना छ । बलिया कानुन छन् । सहकारी यति धेरै छन् तर न बलियो नियामक छ न कानुन नै ।

वर्गीकरण नसक्दै जग्गाको कित्ताकाट खोल्ने तयारी

२७ चैत, काठमाडौं । सोमबार पोखराका पर्यटन व्यवसायीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा आर्थिक संकट देखिनुमा घरजग्गामा पैसा फस्नु प्रमुख कारण रहेको सुनाए । उनले घरजग्गामा पैसा फसेको र जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट खोल्नुपर्ने नयाँ भूउपयोग नियमावलीको व्यवस्था बाधक भएको निश्कर्ष निकाले । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनले भनेका छन्, ‘…जग्गामा गएर […]

सहकारीमा नयाँ सुधीर बस्नेतहरू, जसले सर्वसाधारणको बचत घरजग्गामा डुबाए

पछिल्लो समय समस्याग्रस्त देखिएका ठूला सहकारीहरू सिभिल, देउराली, पशुपति सेभिङ एण्ड क्रेडिट, गौतमश्रीका सञ्चालकले निक्षेपकर्ताको रकम अपचलन गरी घरजग्गामा लगानी गरेका छन् । जब घरजग्गाको कारोबारमा मन्दी आयो, उनीहरू त डुबेडुबे, सहकारीका हजारौं बचतकर्ता पनि समस्यामा परेका छन् ।

सहकारीलाई घरजग्गामा लगानी गर्न कडाइ

बागमती प्रदेश सरकारले सहकारी संस्थाहरूलाई घरजग्गामा लगानी गर्न कडाइ गरेको छ । पछिल्लो समय सहकारीहरू धमाधम समस्याग्रस्त घोषणा हुन थालेपछि प्रदेशले नियमनमा कडाइ गर्दै घरजग्गातर्फको लगानीमा सीमा नै तोकिदिएको हो ।  बागमती प्रदेशले...

‘स्रोत सुनिश्चित नगरी लगानी नगर्नू’

विभागले कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यवसायमा मात्र लगानी गर्न भनेको छ। सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नआएपछि संस्थाहरू समस्यामा परेका छन्। सहकारीका सञ्चालकले जथाभावी घरजग्गामा लगानी गर्दा जोखिम बढेको छ।...

घरजग्गामा लगानी गर्न बीमा कम्पनी अनिच्छुक

काठमाडौं, जेठ ८। बैंक, वित्तीय संस्थाले आकर्षक मान्ने गरेको घरजग्गा व्यवसायमा लगानी गर्न बीमा कम्पनीहरू भने अनिच्छुक देखिएका छन् । नियामक निकाय बीमा समितिले २०७५ सालमा लगानीसम्बन्धी नयाँ निर्देशिका जारी गरेर बीमा कम्पनीहरूलाई घरजग्गा (रियल इस्टेट) व्यवसायमा लगानी गर्न बाटो खोलिदिएको थियो । त्यस्तो व्यवस्था गरेको ४ वर्ष बितिसक्दा पनि बीमा कम्पनीले घरजग्गा व्यवसायमा लगानी […]

घरजग्गामा लगानी गर्न बीमा कम्पनी अनिच्छुक

काठमाडौं । बैंक, वित्तीय संस्थाले आकर्षक मान्ने गरेको घरजग्गा व्यवसायमा लगानी गर्न बीमा कम्पनीहरू भने अनिच्छुक देखिएका छन् । नियामक निकाय बीमा समितिले २०७५ सालमा लगानीसम्बन्धी नयाँ निर्देशिका जारी गरेर बीमा कम्पनीहरूलाई घरजग्गा (रियल इस्टेट) व्यवसायमा लगानी गर्न बाटो खोलिदिएको थियो । त्यस्तो व्यवस्था गरेको ४ वर्ष बितिसक्दा पनि बीमा कम्पनीले घरजग्गा व्यवसायमा लगानी गर्न चासो देखाएका छैनन् । हालसम्ममा एउटा कम्पनीले मात्र घरजग्गा कारोबारमा लगानी गरेको देखिएको छ । हाल नेपालमा २० निर्जीवन, १९ जीवन र २ पुनर्बीमा गरी ४१ बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये नेशनल लाइफ इन्स्योरेन्सले मात्र घरजग्गा कारोबारमा लगानी गरेको छ । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार उक्त कम्पनीले चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्ममा घरजग्गामा ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । नेशनल लाइफबाहेक अन्य कम्पनीले घरजग्गा व्यवसायमा लगानी गरेका छैनन् । गत पुससम्ममा सबै बीमा कम्पनीले गरी विभिन्न क्षेत्रमा ५ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । उक्त लगानीमा सबैभन्दा बढी अंश जीवन बीमा कम्पनीको छ । १९ ओटा जीवन बीमा कम्पनीले ४ खर्ब ३३ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन् । गत पुससम्ममा २० निर्जीवन बीमा कम्पनीले ५२ अर्ब २५ करोड र २ पुनर्बीमा कम्पनीले २५ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका छन् । बीमा कम्पनीले अधिकांश रकम बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छन् । अन्यको तुलनामा छोटो समयमा बढी प्रतिफल दिने घरजग्गा कारोबारमा भने बीमा कम्पनीहरूको आकर्षण देखिएको छैन । बीमा कम्पनीहरूको मुख्य आम्दानीको स्रोत नै बीमितबाट संकलित रकम लगानीबाट प्राप्त हुने प्रतिफल हो । बीमितबाट संकलित बीमाशुल्क कम्पनीहरूले उद्योग, व्यवसाय, बैंक निक्षेपलगायत क्षेत्रमा लगानी गर्छन् । त्यसबाट हुने प्रतिफल नै बीमा कम्पनीहरूको मुख्य आम्दानी हो । तसर्थ, कस्तो क्षेत्रमा लगानी गरिएको छ भन्ने कुराले आम्दानीमा ठूलो अर्थ राख्छ । बीमा समितिले २०७५ सालमा लगानी नयाँ निर्देशिका ल्याएर बीमा कम्पनीहरूले लगानी गर्न पाउने क्षेत्र फराकिलो बनाएको थियो । निर्देशिकामार्फत बीमा कम्पनीहरूले आफ्नो कुल लगानीयोग्य रकम (टेक्निकल रिजर्भ) को ५ प्रतिशतसम्म घरजग्गामा लगानी गर्न पाउने व्यवस्था गरिएको हो । यो प्रावधान बाध्यकारी भने होइन । कम्पनीहरूलाई घरजग्गामा लगानी गर्ने बाटो खोल्न समितिले नीतिगत व्यवस्था गरेको हो । बीमा कम्पनीका उच्च अधिकारीहरू भने घरजग्गामा लगानी गर्न इच्छुक नै नभएको भन्न नमिल्ने बताउँछन् । प्राविधिक समस्याले गर्दा घरजग्गामा लगानी नगरेको उनीहरूको तर्क छ । ‘समितिको नयाँ निर्देशिका कार्यान्वयन गर्ने तयारीको क्रममा कोरोना महामारी आयो । कोरोनापछि विभिन्न कारणले अर्थतन्त्र थप समस्यामा पर्‍यो,’ एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्त भन्छन्, ‘त्यसमाथि नेपालको घरजग्गा मूल्य र कारोबार भोलाटाइल छ । त्यसकारण तत्काल घरजग्गा लगानी नबढाइएको हो ।’ समितिले तोकेको अनुपातमा लगानी गर्दा रकम नै कम हुने पनि कम्पनीहरूको भनाइ छ । अहिले जीवन बीमा कम्पनीसँग लगानीयोग्य रकम ७ खर्ब ६० अर्ब रुपैयाँ छ । त्यसअनुसार औसतमा एक कम्पनीसँग टेक्निकल रिजर्भ २३ अर्ब रुपैयाँ हाराहारी छ । २३ अर्बको ५ प्रतिशत रकम भनेको १ अर्ब १५ करोड हुन्छ । यता निर्जीवन बीमा कम्पनीहरूको टेक्निकल रिजर्भ १ अर्ब ५० करोड रुपैयाँ हाराहारी छ । त्यसको ५ प्रतिशत भनेको ७ करोड ५० लाख रुपैयाँ हो । त्यो रकम घरजग्गाका लागि न्यून हुने हुँदा बीमा कम्पनीहरूले लगानी गर्न नसकेको पन्त बताउँछन् । ‘त्यसमाथि नयाँ कम्पनीसँग असाध्यै थोरै लगानीयोग्य पूँजी छ । त्यसकारण घरजग्गामा लगानी गर्न समस्या छ,’ उनले भने, ‘हामी घरजग्गामा लगानी गर्न इच्छुक छौं । यो हाम्रा लागि ठूलो अवसर पनि हो । किनकि घरजग्गामा लगानीबाट बढी प्रतिफल पाइने सम्भावना पनि हुन्छ । तर, जम्मा ५/६ करोड रुपैयाँ लगेर कहाँ लगानी गर्ने ?’ पर्याप्त पूँजी नभएकाले बीमा कम्पनीहरूले घरजग्गामा लगानी गर्न नसकेको पन्तले थप स्पष्ट पारे । केही नीतिगत कुरा खुकुलो बनाए कम्पनीहरू लगानी गर्न तयारी अवस्थामा रहेको पनि उनले बताए । प्राइमलाइफ इस्योरेन्सका सीईओ मनोजकुमार भट्टराई पनि बीमा कम्पनी एक्लैले घरजग्गामा लगानी गर्ने अवस्था नभएको बताउँछन् । ‘पूँजीको आधारमा जीवन बीमाको हकमा केही कम्पनी एक्लै लगानी गर्न सक्ने अवस्थामा छन् । तर, यो क्षेत्रमा लगानी गरे पनि नियमित आम्दानी हुँदैन । घरजग्गा विक्री गरेपछि मात्र आम्दानी हुने हो । त्रैमासिक रूपमा ब्यालेन्स सिटमा देखाउने गरी हुँदैन । त्यसले गर्दा कम्पनीलाई नाफा कमाउन पनि चुनौती हुन्छ ।’ भट्टराई पनि यो अवस्थामा समितिले केही नीतिगत विषयलाई सम्बोधन गरिदिनुपर्ने बताउँछन् । ‘त्यसपछि हामी लगानी गर्न तयार छौं,’ उनले भने । घरजग्गामा टेक्निकल रिजर्भको ५ प्रतिशत नभएर रकमको आधारमा लगानी गर्न दिनुपर्ने उनको भनाइ छ । ‘त्यसपछि कम्पनीहरूले आफ्नो क्षमताअनुसार लगानी गर्न सक्छन्,’ सीईओ भट्टराईले भने, ‘साथै, धेरै पूँजी भएका कम्पनीलाई पनि घरजग्गामा लगानी गर्न अनिवार्य गर्नुपर्छ ।’ यस्तै, कन्सोर्टियम (सहलगानी) मार्फत कम्पनीहरूले संयुक्त रूपमा घरजग्गामा लगानी गर्न पाउनुपर्ने उनको भनाइ छ । ‘लगानीकै विषयमा कुरा गर्ने हो भने त सरकारले बीमाका लागि छुट्टै बोन्ड जारी गर्नुपर्छ । त्यस्तो व्यवस्था गरे बीमा कम्पनीहरूको प्रतिफल पनि राम्रो हुन्थ्यो,’ उनले भने, ‘सरकारले पनि समयसम्म पूँजी परिचालन गर्न पाउने थियो ।’

घरजग्गामा बैंक लगानी बढेको बढ्यै

काठमाडौं, साउन ११ । अर्थविदहरूले सबल अर्थतन्त्रका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइरहेको बेला बैंक तथा वित्तीय संस्थाको लगानी घरजग्गा कारोबारमा निरन्तर बढिरहेको पाइएको छ। घरजग्गा कारोबारले सीमित व्यक्तिलाई रोजगारीसम्म दिन सक्ने भए पनि उत्पादनमूलक क्षेत्रमा कुनै योगदान नपुर्‍याउने भन्दै लगानीको ढाँचा परिवर्तन गर्नुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको हो। नेपाल राष्ट्र बैंकका अनुसार […]