माओवादीबाट निलम्बित नेता तथा प्रदेश सांसद् विष्ट एमालेमा प्रवेश

सुर्खेत– कर्णालीका प्रदेशसभा सदस्य तथा माओवादी नेता ठम्मर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) निर्वाचित सांसद विष्ट नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रदेशसभामा दलका प्रमुख सचेककसमेत रहेका विष्टले फागुन २७ गते प्रमुख सचेतक र पार्टीबाट राजीनामा दिएका थिए । पार्टी प्रवेश गरेका विष्टसहित नेता […]

सम्बन्धित सामग्री

आजपाका उपमहासचिव कुशवाहसहितका नेता एमालेमा प्रवेश

१० फागुन, काठमाडौं । पूर्व प्रदेश सभा सदस्य एवम् आम जनता पार्टी (आजपा)का उपमहासचिव कुन्दन कुशवाहसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । आजपाका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाह, सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । आज केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी […]

भक्तपुर कांग्रेसका दर्जनौं नेता एमालेमा प्रवेश

भक्तपुर, २५ असोज । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको संघारमा भक्तपुर कांग्रेसका दर्जनौ नेता नेकपा एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय निर्माण व्यवसायी समन्वय विभाग सदस्य राम शरण देउजा, पूर्व राप्रपा जिल्ला सदस्य दिपक राना मगर, कांग्रेस २०४९ सालको सिपाडोल गाविसका उपाध्यक्ष दामोदर भट्टराई, २०७४/०७९ मा नेका दलित सदस्यबाट […]

एकीकृत समाजवादीका केन्द्रीय सदस्य खनाल र गुल्मी अध्यक्ष भण्डारी एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य  गणेश खनाल र समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले गुल्मी जिल्ला कमिटीले सोमबार तम्घासमा आयोजना गरेको कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले खनाल, भण्डारीसहित एकीकृत समाजवादीका जिल्ला नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् । एमालेमा प्रवेश गर्नेहरुमा खनाल, भण्डारीसहित युवा संघका केन्द्रीय सचिव हिमाल थापा, प्रदेश कमिटी सदस्य मदन विष्ट, जिल्ला क

जसपाका नेता हेमराज राई एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् । जसपाभित्रको अशोक राई पक्षका नेता राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । यसअघि प्रदेश १ बाट राष्ट्रियसभा उम्मेदवार भएपनि राई पराजित भएका थिए । उनलाई एमालेका सोनाम शेर्पाले हराएका थिए ।

विवेकशील साझाका नेताहरु एमालेमा प्रवेश

काठमाडौं : विवेकशील साझा पार्टीका नेता दिपेश वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका खादा लगाएर उनलाई स्वागत गरेका हुन्। उनी गएको प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ (क) प्रदेशसभाको उम्मेद्वार थिए। यस्तै,विवेकशील साझाका वाग्मती प्रदेश सम्पदा विभाग प्रमुख सुमित दास रञ्जितकार पनि एमालेमा प्रवेश गरेको केन्द्रीय सदस्य राजन…

प्रमुख सचेतकबाट निलम्बित विष्ट एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् ।  नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गर्ने भएका हुन् ।विष्टसहित जिल्ला कमिटीका सदस्यहरू सहित अन्य दलहरूबाट गरेर  करिब दुईसय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । यस्तै, प्रमुख सचेतक रहेकै समयम

माओवादी केन्द्रका नेता विष्ट एमालेमा प्रवेश गर्दै

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट निलम्बनमा परेका ठम्मरबहादुर विष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै छन् । उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्ने बताइएको छ ।

विवेकशील साझाका काठमाडौँ जिल्ला अध्यक्ष वैद्य एमालेमा प्रवेश

काठमाडौँ। विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई एमाले नेताहरूले पार्टी प्रवेश गराएका हुन् । काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार रन्जु […]

एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए ।झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए । उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार

जनमोर्चाका प्रदेश र जिल्ला अध्यक्षसहित दैलेखका नेता–कार्यकर्ता एमालेमा प्रवेश

राष्ट्रिय जनमोर्चा प्रदेश र जिल्ला अध्यक्षसहित दैलेखका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले काठमाडौंमा दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका छन् ।  कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर...