जसपाका नेता हेमराज राई एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् । जसपाभित्रको अशोक राई पक्षका नेता राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । यसअघि प्रदेश १ बाट राष्ट्रियसभा उम्मेदवार भएपनि राई पराजित भएका थिए । उनलाई एमालेका सोनाम शेर्पाले हराएका थिए ।

सम्बन्धित सामग्री

जसपा नेता राईसहित नेताहरु एमाले प्रवेश

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी समितिका सदस्य हेमराज राई नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । कम्युनिष्ट आन्दोलनका पुराना नेता राई पूर्वमन्त्री पनि हुनुहुन्छ । उहाँसहित जसपाका केन्द्रीय सदस्यहरु शान्त्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सीना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा र शंकरबहादुर सार्की बुधबार एमालेमा प्रवेश गर्नुभएको हो ।

जसपाका उपाध्यक्ष राई एमालेमा प्रवेश

काठमाडौैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीसहितका नेता–कार्यकतालाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेशपछि राईले सिद्धान्तहीन गठबन्धनले राजनीति दिशाहीन बनेको बताए । सिद्धान्तनिष्ठ र एकताबद्ध हुन उनले अरू दलका...

१० वर्षपछि एमाले फर्किए हेमराज राई

जनता समाजवादी पार्टीका उपाध्यक्ष  तथा पुर्व उद्योग मन्त्री हेमराज राई नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । राईसहित जसपाबाट आधा दर्जन केन्द्रीय सदस्य केहिबेरपछी पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी...