माओवादी केन्द्रका नेता विष्ट एमालेमा प्रवेश गर्दै

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट निलम्बनमा परेका ठम्मरबहादुर विष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै छन् । उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्ने बताइएको छ ।