काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्निर्माणको क्षेत्रमा बाँकी रहेका कामहरूको पूर्णता अहिलेको सरकारको प्राथमिकतामा रहेको बताएका छन् । २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले पुनर्निर्माणको क्षेत्रमा बाँकी कामहरूको पूर्णताका साथै भूकम्प प्रतिरोधी संरचना, चेतना र व्यवहारमा सिंगो देशलाई लयबद्ध बनाउने काम सरकारको प्राथमिकतामा रहेको बताएका हुन् । उनले आफ्नो […]