काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकार विस्तार र सभामुखको चुनावका विषयमा छलफल भएको छ । प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यस्तै प्रदेश सरकारले पनि पूर्णता पाएका छैनन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा सरकार विस्तार, सभामुखको चुनावलगायत विषयमा उहाँहरुबीच परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्ड गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यही दिन उहाँल...