पश्चिम तराइमा उत्पादन हुँदै आएका रैथाने धान लोप हुने अवस्थामा पुगेका छन्। कालानमक, गौरिया, आपसुक्ते, झिनुवा, रातोअन्दी, थापाचिनी र स्यामजिरा लगायत स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेका हुन। किसानले बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थालेपछि रैथाने जातका धान हराउँदै जान थालेका हुन्।