झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापा । झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् । रैथाने धानको संरक्षणका लागि देशभरिबाट सङ्कलित धानलाई उक्त जग्गामा रोपेर फलाइएको समितिका अध्यक्ष डिल्ली पौडेलले जानकारी दिए । “वर्णशङ्कर बीउको विकास […]

सम्बन्धित सामग्री

जेठो बुढो धान खाद्यले किन्यो

कास्कीको पोखरा महानगरपालिकाभित्र फल्ने रैथाने धान जेठो बुढो धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने भएको छ । पोखरा र आसपासको क्षेत्रमा लगाइने जेठो बुढो यहाँका उपभोक्ताबिच लोकप्रिय छ ।

रैथाने धान लोप हुँदा बिउमा परनिर्भर

हाइब्रिड तथा उन्नत जातको धान लगाउने होडबाजीले रैथाने जातको धान लोप भएको छ । हाइब्रिड र उन्नत जातको धान धेरै फल्ने र कम पानीमा हुर्कने भएकाले परम्परादेखि लगाइएका धानका बिउ लोप भएको पाल्पाका किसानले बताएका छन् । पुरानो रैथाने जातको धान लगाउने किसान बिउमासमेत आत्मनिर्भर भएका छन् तर हाइब्रिड र उन्नत जातको धान खेतीले किसान धानको बिउमा परनिर्भर बन्न पुगेका छन् । केही वर्षअघिसम्म जिल्लाको विभिन्न स्थानमा रैथाने जातको मन्सुली, सावा मन्सुली, गाहा, आमझोत्ते, बासमती, अनदी र ताइचिन जातका धान लगाउने प्रचलन थियो ।

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापा- झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् । रैथाने धानको संरक्षणका लागि देशभरिबाट सङ्कलित धानलाई उक्त जग्गामा रोपेर फलाइएको समितिका अध्यक्ष डिल्ली पौडेलले ...

रैथाने धान छोडेर हाइब्रिड

सर्लाहीमा रैथाने जातको धान छोडेर हाइब्रिडको खेती बढेको छ । रैथाने बासमती र करियाकामतको सट्टा किसानहरू हाइब्रिड मोटा धानप्रति आकर्षित भएका हुन् । उत्पादन मनग्ये हुने भएकाले हाइब्रिड धान रोजाइमा पर्न थालेको उनीहरूको भनाइ छ ।

मासिंदैै गएपछि सुदूरपश्चिममा रैथाने धानको अनुसन्धान गरिँदै

रैथाने धान मासिंदै जान थालेपछि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा अनुसन्धान थालेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुर, बैतडीको पाटन र डडेल्धुराको जोगबुढा परगाउँमा स्टेशन बनाएर १२ किसिमका रैथाने धानको अनुसन्धान भइरहेको अनुसन्धान टोलीका सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक गुणानन्द पन्तले बताउनुभयो । “सुदूरपश्चिमका राम्रा गुण भएका धान …

विस्थापित हुँदै रैथाने धान, हाइब्रिडमा किसानको ध्यान

परम्परागत रूपमा खेती गरिँदै आएको रैथाने धानको उत्पादन नेपालमा करिब शून्यकै अवस्थामा पुगेको छ । उन्नत र हाइब्रिड धान उत्पादनमा किसानहरूको आकर्षण बढ्न थालेपछि पुराना रैथाने धानहरू लोपोन्मुख अवस्थामा पुगेको राष्ट्रिय...

उन्नत जातको धान खेतीतर्फ दैलेखका किसानको आकर्षण बढ्दै

जेठ २७, दैलेख । पछिल्लो समय स्थानीय रैथाने जातका धान रोप्न छाडेर किसानले उन्नत जातका धान रोप्न थालेका छन् । दैलेख जिल्लाका अधिकांश खेतमा किसानले पुरानो रैथाने जातका धान डेरादुने, झ्याले, भुरसाले, गुणे र कालेगुणे लगायतका रोप्ने गर्दथे ।  पछिल्लो समय किसानले यी सबै पुराना जातका धान छाडेर उन्नत जातका धान लगाउन थालेका छन् । नारायण नगरपालिका–२ का किसान हरि थापाले रैथाने धान रोप्न छाडेको दुई वर्ष भएको बताए ।  पहिले स्थानीय जातको धान लगाउने भए पनि आफूले अहिले छाडेको बताए । उनले पुरानो धान कम फल्ने अनि मेहनत बढी गर्नुपर्ने भएकाले उन्नत जातको धान लगाउने गरेको जानकारी दिए । पछिल्लो समय रैथाने जातका धान लगाउनेको संख्याभन्दा उन्नत जातको धान लगाउनेको संख्या ह्वात्तै बढेको छ । कम सिँचाइमा धेरै उत्पादन हुने र गोड्न पनि नपर्ने हुँदा पुरानो धानभन्दा उन्नत जातका धान लगाउनतर्फ किसानको आकर्षण बढेको किसान ललित रिजालले बताए ।  महाबु गाउँपालिकाका कृषि प्राविधिक सूर्य न्यौपानेले स्थानीय जातको धानमा उत्पादन बढाउन नसक्नु, यसको फाइदाबारे जानकारी गराउन नसक्नु र संरक्षणमा ध्यान दिन नसकेका कारण लोप हुने खतरा बढेको बताए । अहिले किसानले युएस–३१२, युएस–३०५, युएस शंकरलगायतका उन्नत जातका धान बजारबाट खरीद गरी लगाउने गरेका छन् । आफ्नो पसलबाट मात्रै ४० क्विन्टल बीउ विक्री गरेको किसान एग्रोभेट दैलेखका सञ्चालक कनक खड्काले जानकारी दिए ।  दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायतका सेराखेतमा रैथाने गुणे र कालो गुणे लगाइने भए पनि यस वर्ष त्यहाँ पनि किसानले रैथाने जातका धान नलगाउने सम्भावना बढेको भण्डारीले आशंका व्यक्त गरे । जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डे रैथाने बाली प्रवर्द्धनका लागि अनुदानसमेत दिने गरिएको बताउँछन् । ‘किसानको पुरानो धान खेतीमा आकर्षण नहुनु भनेको प्रवर्द्धन गर्न नसक्नु नै हो, सबैभन्दा उत्पादन कम हुनु हो, यसका लागि अरुभन्दा किसान नै बढी लाग्नुपर्छ’, उनले भने ।  जिल्लाको कुल खेतीयोग्य जमिन ४१ हजार १३१ हेक्टर रहेको छ भने त्यसमध्ये छ हजार ५१७ हेक्टर जमिनमा धानखेती गर्ने गरेको पाण्डेले जानकारी दिए । अहिले ६० प्रतिशत किसानले उन्नत जातका धान रोप्ने आँकलन गरिएको छ । रासस

बासमती नेपालको रैथाने धान : नेपालले पठायो ईयूलाई प्रमाण

नेपालले बासमती धान नेपालको हो भनी दाबी गरेको विषयमा आफ्नो प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । भारत र पाकिस्तानले बासमती धान आफ्नो देशको हो भन्दै आधिकारिकताका लागि ईयूमा दाबी पेस गरेपछि नेपालले पनि सो धान आफ्नो देशको हो भनी डिसेम्बर ९ मा दाबीसहितको पत्र दर्ता गराएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले बिहीबार नेपालको प्रमाण ईयूलाई पठाएको हो । बासमती धानका लागि तीन देशबाट दाबी आएपछि ईयूले तीनवटै देशलाई फेब्रुअरीको पहिलो हप्ताभित्र आआफ्नो प्रमाण पेस गर्न भनेको थियो ।

लोप हुँदै रैथाने धान खेती

दाङ जिल्लामा पछिल्लो समय स्थानीय जातको धान लोप हुँदै गएको छ । लमही, घोराही र तुलसीपुर क्षेत्रका किसानले पुरानो जातको धान सिम्ठारो, तिल्की, विन्देश्वरी, मसिनो झिनुवा, गोपाल र मार्सी लगाउने गरेका थिए । पछिल्लो समयमा यी सबै जातका धान जिल्लामा कृषकले लगाउन छाडेका छन् ।

रैथाने धान जोगाउँदै प्रदेश सरकार

स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्न बाली संरक्षण गर्ने नीति ल्याएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेको छ ।