हाइब्रिड तथा उन्नत जातको धान लगाउने होडबाजीले रैथाने जातको धान लोप भएको छ । हाइब्रिड र उन्नत जातको धान धेरै फल्ने र कम पानीमा हुर्कने भएकाले परम्परादेखि लगाइएका धानका बिउ लोप भएको पाल्पाका किसानले बताएका छन् । पुरानो रैथाने जातको धान लगाउने किसान बिउमासमेत आत्मनिर्भर भएका छन् तर हाइब्रिड र उन्नत जातको धान खेतीले किसान धानको बिउमा परनिर्भर बन्न पुगेका छन् । केही वर्षअघिसम्म जिल्लाको विभिन्न स्थानमा रैथाने जातको मन्सुली, सावा मन्सुली, गाहा, आमझोत्ते, बासमती, अनदी र ताइचिन जातका धान लगाउने प्रचलन थियो ।