मौन अवधिका अराजकतामा निर्वाचन आयोग किन मौन?

काठमाडौँ – स्थानीय तह निर्वाचनको मौन अवधिमा भएका आचारसंहिता उल्लंघनका घटनामा निर्वाचन आयोग मौन बसेको आरोप लागेको छ। गत मंगलबार राति १२ बजेयता मौन अवधि सुरु भएपछि निर्वाचन आचारसंहिता विपरीत थुप्रै गतिविधि र घटना हुँदासमेत आयोगले कारबाही नगरेको स्थानीय तहका नेता कार्यकर्ताले आरोप लगाएका हुन्। आचारसंहिता विपरीत विभिन्न स्थानमा भिन्न–भिन्न प्रकृतिका घटनाहरु घटेका छन्। राजनीनिक […]

सम्बन्धित सामग्री

‘चुनाव बिथाेल्न दिँदैनाैँ, मतपेटिका सुरक्षितरूपमा गणनास्थलसम्म पुग्छ’

काठमाण्डाै – यति बेला मङ्सिर ४ गते हुने चुनावकाे स्थिर समय (मौन अवधि) सुरु भएको छ । निर्वाचन आयोग र सरकारले चुनावका लागि सबै तयारी पूरा भएको बताइसकेको छ । चुनावका कारण भारत र चीनसँगका सीमा नाकाहरू बन्द छन् । मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे चुनावका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ ।  चुनावमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् । मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोम...

‘मतपेटिकाहरु सुरक्षित रुपमा मतगणना स्थलसम्म पुग्नेछन्’

यतिबेला  निर्वाचनको मौन अवधि छ । निर्वाचन आयोग र सरकारले आइतबारको निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरु बन्द छन् । मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ । निर्वाचनमा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् । मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चु

२२ मंसिरअघि नै निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाउँछौँ : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा २२ मंसिरमै राष्ट्रपतिलाई बुझाउने दाबी गरेको छ ।  निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु हुनुभन्दा केही घण्टाअघि बिहीबार अपरान्ह आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले ४ मंसिरमा हुने निर्वाचनको सम्पूर्ण नतिजा तीन हप्ता नपु...

एमालेको आयोगलाई ३७ बुँदे प्रस्ताव : मौन अवधि २४ घण्टा बनाऔँ

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आचारसंहिता बनाउन ३७ बुँदे प्रस्ताव गरेको छ । एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर आयोगलाई बुझाएको ३७ बुँदे प्रस्तावको पहिलो बुँदा मौन अवधि २४ घण्टा बनाउनुपर्ने उल्लेख छ । यस्ताे छ एमालेको ३७ बुँदे प्रस्ताव मिति २०७९/०५/०६ श्री निर्वाचन आयोग, नेपाल कान्तिपथ, काठमाडौं । विषय : प्रस्तावित निर्वाचन […]

गाउँ गाउँमा टाँगिएका तुल, ब्यानर तथा झण्डा कसले हटाउने ?

निर्वाचन आयोगले विभिन्न चोक तथा गल्लीहरूमा राजनीतिक दलले राखेका प्रचार प्रसारका सामाग्री सोही दलले हटाउनु पर्ने बताएको छ । आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधि सुरु भइसकेको हुँदा यो अवधिमा दलहरूले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिइएको छ । ‘विभिन्न ठाउँमा राखिएका तुल, ब्यानर, झण्डा तथा प्रचारका सामाग्रीहरू हटाउने पहिलो दायित्व राजनीतिक दलकै हुन्छ,’ निर्वाचन आयोग प्रदेश १ का कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले भने, ‘हामीले सोही अनुसार गर्न राजनीतिक दलहरूलाई पटकपटक भन

मतदानस्थलमा मत हाल्ने तरिका सिकाउँदै निर्वाचन आयोग

काठमाडौँ: आजदेखि स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएको। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत बदर हुन नदिन आयोगले नमूना मतदान कार्यलाई पनि अहिले तीब्रता दिएको छ। आज र भोलि निर्वाचन आयोगले नमूना मतदान कार्य सञ्चालन गर्दैछ। आयोगले वैशाख २८ र २९ गते नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको…

मध्यरातदेखि मौन अवधि सुरु - के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

स्थानीय तह निर्वाचनको सम्पूर्ण प्रचारप्रसार सकिसकेपछि मतदातालाई आफ्नो धारणा बनाउन समय दिन चुनावअघिको दुई दिनलाई मौन अवधिको रूपमा राखिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।'मङ्गलवार रातिदेखि नै अन्तर्राष्ट्रिय सीमानाकाहरू बन्द गरिने अन्तर्राष्ट्रिय अभ्यास समेत लागु गरिँदै छ,' आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठ भन्छन्।'मतदान अवधि नसकिँदासम्म यी प्रावधान कायम रहन्छन्।' वैशाख ३० गते शुक्रवार बिहान ७ बजेदेखि अपराह्ण ५ बजेसम्म मतदान हुने छ।तर अन्तर्राष्ट्रिय उडानहरू भने रोक नलगाइएको बताउँदै मतदानको दिन नेपाल आउने यात्रु तथा पर्यटकलाई अन्य अनुमतिपत्र नलिएका हकमा सम्बन्धित टिकटका आधारमा होटलसम्म पुर्‍याउने व्यवस्था गर्न वायुसेवा कम्पनीहरूलाई भनिएको श्रेष्ठ बताउँछन्।मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान हुने स्थानको ३०० मिटरआसपास रहेका प्रचार सामग्रीहरू पनि सम्बन्धित दलहरूले हटाउनुपर्ने आयोगको भनाइ छ।अन्तर्राष्ट्रिय सीमामा अत्यावश्यक परेको हकमा अनुमति लिएर वारपार गर्न सकिने जनाइएको छ।मौन अवधि: सबै चुनावी कर्यक्रम बन्दमतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदानकेन्द्र बन्द नहुँदासम्मको अवधिमा प्रचारप्रसार पूर्ण रूपमा बन्द गर्न निर्वाचन आचारसंहिताले भनेको छ।उक्त अवधिभरि कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन गर्न नहुने आचारसंहितामा उल्लेख छ।'मतदाता प्रभावित गर्ने खालका कुनै पनि गतिविधि यस अवधिमा गर्न पाइँदैन,' आयोगका सहसचिव श्रेष्ठ भन्छन्।'नाराबाजी गर्नेदेखि प्रचारसामग्री वितरण गर्ने कुनै पनि काम यसबीचमा गर्न पाइँदैन। दबावरहित वातावरणमा मतदाताले आफ्नो दृष्टिकोण बनाउन सकून् भनेर चुनावका बेला त्यस्तो अवसर दिने गरिएको हो।'मौन अवधिमा सामाजिक सञ्जालमा समेत मत माग्ने काम गर्न नहुने निर्वाचन आयोगले जनाएको छ।आयोगले त्यसबीचमा मत माग्नका लागि धेरैलाई एकैपटक एसएमएस पठाउन सकिने सेवा समेत प्रदान नगर्न दूरसञ्चार प्रदायकहरूलाई निर्देशन दिएको छ।मतदानको दिन के हुन्छ ?आपत्कालीन सेवा र अनुमति लिएका हकमा बाहेक सवारीसाधनमा आउजाउ गर्ने वा यात्रु ओसार्ने काम मतदान हुने दिन पूर्ण रूपले रोक लगाइएको आयोगका अधिकारीहरूले बताएका छन्।त्यस दिन समेत मतदान केन्द्रआसपास मतदातालाई दबाव दिने वा प्रभाव पार्ने काम हुन नदिन आयोगले आचारसंहितामार्फत् सबैलाई बाँधेको जनाएको छ।त्यस दिन उम्मेदवार वा तिनका प्रतिनिधिले मतदानकेन्द्रमा निर्वाचन चिह्न वा सङ्केत भएका लुगा वा ब्याज लगाउन नहुने जनाइएको छ।त्यसैगरी चुनाव चिह्न झल्किने साङ्केतिक पोसाक वा वस्तु लगाउन, बोक्न वा देखाउन नहुने आयोगले जनाएको छ।'त्यस दिन इन्धनयुक्त सवारी पूर्णत: रोक लगाइएको छ। तर साइकल चलाउन पाइन्छ। हामीले सकेसम्म सबै मतदाता हिँडेर पुग्नेगरी मतदान केन्द्र तयार पारेका छौँ,' आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले भने।तर त्यस दिन समेत निर्वाचन आयोग वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर चुनावी अनुगमन, पर्यवेक्षण, अशक्त व्यक्ति लगायतलाई यात्रा अनुमति पत्र जारी गरिने व्यवस्था रहेको बताइएको छ।आयोगले सात महिनाभन्दा बढी अवधिको गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा असक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिक वा पूर्वस्वीकृति लिएका व्यक्तिहरूले अनुमतिपत्र लिएर यात्रा गर्न सक्ने जनाएको छ।एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीका सवारीसाधनजस्ता अत्यावश्यक सेवा र कूटनीतिक प्लेट भएका सवारीसाधनले अनुमतिपत्र लिनुनपर्ने भनिएको छ।चुनावको दिन उद्धार तथा सहायता उडानबाहेक नियमित आन्तरिक उडान समेत हुने छैनन्। -बा बिबिसीबाट

मौन अवधिमा भोजभतेर, पैसा बाँडेको पाइएमा तत्काल कारबाही : निर्वाचन आयोग

वैशाख २७, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर गर्ने र पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिएको छ।  मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने बताएका हुन् । मंगलवार मध्यरातिदेखि मौन अवधि शुरू हुँदैछ। त्यसबीच आचारसंहिताको उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने आयोगले चेतावनी दिएको हो।  मौनअवधिमा त्यस्तो भएको पाइएमा कारबाही गर्न सक्ने अधिकार दिएर १९ ओटा उच्चस्तरीय टोली गठन समेत गरिएको उनले बताए। उनका अनुसार आयोगले तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा सो टोलीलाई परिचालन गरिसकेको छ।   निर्वाचन आचार संहिताको पूर्ण पालनाको लागि आयोगको उक्त टोलीले आवश्यकताअनुसार निर्वाचनको गोपनीयतामा असर नपर्ने गरी निर्वाचनसँग सम्बन्धित दृश्यको छायाँकन गर्ने, भिडिओ क्यामरा वा अन्य विद्युतीय उपकरण समेत प्रयोग गर्न अधिकार पाएको छ । आयोगले मौन अवधिमा भोजभतेर गर्ने र पैसा बाँड्ने काम पनि हुनसक्ने भन्दै सजग रहन सरोकारवालालाई सचेत समेत गराएको छ । उक्त टोलिले मौन अवधिमा आमसभा कार्यशाला गोष्ठी, सम्मलेन, भोजभतेर गर्ने र पैसा बाँड्ने काम भए/ नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार अभिव्यक्ति दिने काम भए/ नभएको अनुगमन पनि गर्ने छ ।

प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोग रुष्ट

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओली तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वयंले राष्ट्रिय सभा सदस्यको रिक्त पदको उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेकोमा निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । उपनिर्वाचन हुने अघिल्लो दिन बुधबार आयोगले सो ध्यानाकर्षण गराएको हो । मौन अवधि शुरु भइसकेपछि पनि आचार संहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा […]