‘मतपेटिकाहरु सुरक्षित रुपमा मतगणना स्थलसम्म पुग्नेछन्’

यतिबेला  निर्वाचनको मौन अवधि छ । निर्वाचन आयोग र सरकारले आइतबारको निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरु बन्द छन् । मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ । निर्वाचनमा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् । मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चु

सम्बन्धित सामग्री

दाङमा पर्सि बिहानदेखि मतगणना सुरु हुने, प्रत्येक घण्टा मतगणनाको अपडेट दिइने

दाङ - दाङको मतगणना तीन ठाउँमा हुने भएको छ । मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभएको छ । मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउनका लागि तारजालीसहित  मतगणना स्थल तयार गरिएको  छ । जिल्लाको क्षेत्र नम्बर १ को लमही नगरपालिका, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भू–संरक्षण कार्यालय तुलसीपुरमा मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मंसिर ५ गते बिहानदेखि मतगणना सुरु ग...

मोरङमा मतदान केन्द्र र गणनास्थल तयार

२९ वैशाख, विराटनगर । मोरङका १७ वटै पालिकामा मतगणना स्थल तयार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सबै पालिकामा मतगणना स्थल तयार भएको हो । उनका अनुसार मतगणना स्थललाई सुरक्षित बनाउनका लागि तारजाली गरिएको छ । गणनास्थलमा सीसी क्यामेरा पनि जडान भएको छ । ‘सीसी क्यामेरा केन्द्रबाट मनिटरिङ हुनेगरी जडान गरिएको […]

बाग्लुङका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था

बाग्लुङ – सुरक्षित तरिकाले मतगणना गर्नका लागि बाग्लुङका मतगणना स्थलमा तयारी गरिएको छ । बाग्लुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् ।  बाग्लुङका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । वैशाख ३० गते हुने पालिका चुनावकाे मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार जि...

सुर्खेतका २० मतदानस्थल ‘अति संवेदनशील’

कर्णाली । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशील’ रहेको बताएको छ । मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, सामान्य र अति सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेको हो । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशील, ३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिए । ‘विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाई मतदानस्थलको वर्गीकरण गरेका छौं,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइनेछ, ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइनेछ ।’ प्रमुख जिल्ला अधिकारी रिजाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेसहित सुरक्षा निकायका प्रमुखको टोलीले जिल्लाका नौ स्थानीय तहमध्ये लेकबँेशी र भेरिगंगा नगरपालिकाका मतदानस्थलबाहेक अन्य सबै स्थानको निरीक्षण गरिसकेको छ । यसपटक सम्बन्धित स्थानीय तहको मुकाममा नै मतगणना हुँदै छ । निर्वाचन आयोगले मतगणना स्थलमा सीसीटीभी क्यामरा जडान गर्न निर्देशन दिएपछि सुरक्षा टोलीले मतगणना स्थल निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘अधिकांश मतगणना स्थलमा क्यामरा जडान भइसकेका रहेछन्, बाँकी स्थानमा पनि छिटो जडान गर्न निर्देशन दिएका छौं ।’ २०७४ सालको निर्वाचनमा जस्तो यसपटक भूमिगत समूहको हिंसात्मक गतिविधि नहुने सुरक्षा निकायको विश्लेषण छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनका लागि आवश्यक व्यवस्थापकीय तयारी भइरहेको बताए । मतदान र मतगणना स्थलमा खटिने कर्मचारीको व्यवस्थापन, मतपेटिकाको मौज्दात विवरण अध्ययन, आवश्यक मसलन्दका सामग्रीको व्यवस्थापन गरिरहेको उनको भनाइ छ । सुर्खेतमा दुई लाख ३८ हजार ४५७ मतदाता छन् । रासस