प्रभु लाइफको आइपीओ मंसिर २९ देखि बिक्री खुल्दै, न्यूनतम १० र अधिकतम ५००० कित्ता आवेदन दिन पाइन

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) मंसिर २९ गतेदेखि बिक्री खुल्ला हुने भएको छ। यसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा गएका नेपालीले रावा इनर्जिको आईपीओमा आवेदन गर्ने अन्तिम दिन आज

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले चैत २३ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानीयले भने आगामी वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी रू. २८ करोडको १० प्रतिशतले हुने रू. २ करोड ८० लाख बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । त्यस्तै दोस्रो चरणमा जारी हुने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने रू. ५६ लाख बराबरको ५६ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानीयको हकमा खोटाङ जिल्ला केपीलासगडी गाउँपालिका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाउँ विकास समिति) का सम्पूणर् वडाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूणर् सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले खोटाङ जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत् उत्पादन गर्दै आएको हो । उक्त आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत उत्पादन अनुमति बहाल रहने अवधि २९ वर्ष ११ महीना बाँकी रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

माई खोला हाइड्रोपावरको आईपीओ आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले फागुन २५ गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओ आजसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गरिएको हो ।  यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले आयोजना रहेको स्थल, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूणर् सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन व्यवस्थाबाट पनि आवेदन दिन सक्नेछन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत् विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ छ ।

प्रभु स्मार्ट फण्डको इकाई आज आइतवार सम्म मात्र विक्रीमा रहने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले फागुन १८ गतेदेखि विक्रीमा ल्याएको प्रभु स्मार्ट फण्डको इकाई आजसम्म मात्र विक्रीमा रहने भएको छ । मागभन्दा बढी आवेदन पर्न आएकाले फागुन २८ गतेसम्म मात्र विक्री खुला गर्न लागेको जानकारी योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले दिएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई विक्री गर्न लागेको हो । कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ ।  बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासनमा आएको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । योजनाको इकाई निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले योजना व्यवस्थापकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी एएमसी क्वालिटी ३ रेटिङ प्रदान गरेको छ । क्यापिटलकै व्यवस्थापनमा प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको रहेको छ । यस योजनाको आकार ८० करोड रुपैयाँको रहेको छ । योजनाको इकाई न्यूनतम ४ करोड विक्री हुनुपर्नेछ ।न्यूनतम इकाई विक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकहरूको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरू गरिने क्यापिटलले जानकारी दिएको छ ।  योजना परिपक्व भएपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी प्रचलित कानूनबमोजिम इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।यस योजनाको इकाई बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

१० वर्ष अवधिको प्रभु स्मार्ट फण्डको इकाई आजदेखि विक्रीमा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्डको इकाई निष्कासन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई विक्री गर्न लागेको हो । कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासनमा आएको हो ।  यो इकाई छिटोमा फागुन २३ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत ५ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । योजनाको इकाई निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले योजना व्यवस्थापकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी एएमसी क्वालिटी ३ रेटिङ प्रदान गरेको छ ।   क्यापिटलकै व्यवस्थापनमा प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको रहेको छ । यस योजनाको आकार ८० करोड रुपैयाँको रहेको छ । योजनाको न्यूनतम ४ करोड इकाई विक्री हुनुपर्नेछ । न्यूनतम इकाई विक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकहरूको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरू गरिने क्यापिटलले जानकारी दिएको छ ।   योजना परिपक्व भएपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी प्रचलित कानूनबमोजिम इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । यस योजनाको इकाई बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन मंगलवार

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीद गर्ने मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि माघ १७ गतेभित्र मात्र विक्री खुला गर्न लागिएको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ खरीदका लागि सोमवारसम्म १० लाख ९९ हजार २११ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का अनुसार यी आवेदकहरूबाट १ करोड २६ लाख १३ हजार ९७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा ६ दशमलव ३३ गुणा बढी आवेदन हुन आउँछ । कम्पनीले जारी पूँजी रू. १ अर्बको ३४ प्रतिशतले हुन आउने रू. ३४ करोड बराबरको ३४ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । सर्वसाधारमा निष्कासन गरिने कुल कित्ता शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यसबाहेक पनि १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । कम्पनीले ४८ हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको सार्वजनिक निष्कासनमार्फत विक्री हुने आईपीओ १ लाख ९९ हजार २०० जना भाग्यमानी आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ । आईपीओे निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ ।

माया खोला हाइड्रोपावरले शुक्रवारदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै

काठमाडौं  । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा भोलि शुक्रवार अर्थात् माघ १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा एवं विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि आईपीओ निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी रू. १ अर्बको ३४ प्रतिशतले हुन आउने रू. ३४ करोड बरारबको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यसैगरी कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । आईपीओ खरीदका लागि माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्रमा मागबमोजिम आवेदन नपरेमा निष्कासन अवधि माघ २७ गतेसम्म लम्बिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । साथै लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एपमार्फत पनि आईपीओमा आवेदन गर्न सक्नेछन् ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।  कम्पनीले प्रवर्द्धन गरिरहेको १४ दशमलव ९ मेगावाटको माया खोला जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू. २० करोड १३ लाख ४२ हजार रहेको छ भने आयोजनाको कुल अनुमानित लागत रू. ३ अर्ब रहेको छ ।

आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३९५ रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्न

प्रभु सेलेक्ट फण्डमा लगानी प्रतिफल ग्यारेन्टी गर्छौं

प्रभु क्यापिटलले जेठ ५ गते बुधवारबाट प्रभु बैंक कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल कोष व्यवस्थापक रहने प्रभु म्युचुअल फण्डअन्तर्गत पहिलो सामूहिक लगानी योजना प्रभु सेलेक्ट फण्डको निष्कासन गरेको छ । फण्डमा लगानी गर्नेहरूलाई प्रतिफल ग्यारेन्टी गरिने प्रभु क्यापिटलका मुख्य सञ्चालन अधिकृत कृष्ण गिरी बताउँछन् । म्युचुअल फण्डको वर्तमान अवस्था, यसले पुँजी बजारमा पुर्‍याएको योगदान तथा प्रभु क्यापिटलका भावी योजना र अहिले निष्कासन गर्न लागेको प्रभु सेलेक्ट फण्ड वरपर रहेर गिरीसँग गरिएको कुराकानी : प्रभु सेलेक्ट फण्ड कस्तो योजना हो ? यो एउटा बन्दमुखी सामूहिक लगानी योजना हो । योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १० करोड इकाइ बिक्री गरी १ अर्ब बराबरको रकम संकलन गरेर त्यसको ८० देखि १०० प्रतिशतसम्म शेयरमा लगानी गरिनेछ । सेलेक्ट फण्डले कसरी लगानी गर्छ ? सेलेक्ट फण्डले लगानी गर्ने क्रममा शेयर बजारमा शेयरहरू सूचीकृत भई कारोबारमा रहेका विभिन्न क्षेत्रका कम्पनीलाई लगानी नीतिअन्तर्गत रहने ग्रेडिङ नीतिअनुरूप विभिन्न आधार र मापदण्ड छनोट गरी अधिकतम ३० वटा कम्पनीमा लगानी गर्छ । यसरी छनोट गर्दा कम्पनीको व्यावसायिक वृद्धिदर, नियमित उच्च प्रतिफल, वित्तीय सबलता, संस्थागत सुशासन आदिका आधारमा छनोट गर्छौं । यसरी छनोट गरिएकामध्ये सबैभन्दा उत्कृष्ट ३० वटा कम्पनीहरूको शेयरमा मात्रै लगानी गरी नियमित खरिद बिक्री गर्नेछ । यो फण्ड आगामी दिनमा नेप्सेले जारी गर्ने तयारी गरेको नेप्से ३० नामक इन्डेक्ससँग रिफरेन्स बेन्चमार्कको रूपमा स्थापित हुने विश्वास गरेका छौं । तपाईंहरूले यसलाई चियाको तुलना गरेर सस्तो भनिरहनुभएको छ, वास्तविक नै हो ? अहिले हामीले एक कप कालो चिया पनि प्रतिकप कम्तीमा २० रुपैयाँ तिर्छौं । तर, सामूहिक लगानी योजनाको १ इकाइ १० रुपैयाँमै खरिद गर्न पाइन्छ । प्राथमिक निष्कासनमा न्यूनतम खरिद गर्दा १०० इकाइ अर्थात् १००० रुपैयाँ लगानी गर्नुपर्छ । तसर्थ, महिनामा ५० कप चियाको खर्च मात्र बचाउने हो भने पनि १०० युनिट फण्ड खरिद गर्न सकिने रहेछ । यसरी स–सानो बचतलाई लगानीको रूपमा परिचालन गर्न सकिन्छ । सोही कारण विद्यार्थी, गृहणी, विभिन्न संगठित असंगठित क्षेत्रमा काम गर्ने लगानीकर्ताका साथै सुरक्षित लगानी र उच्च प्रतिफलको आशा गर्ने लगानीकर्ताका लागि यस्तो योजना प्रभावकारी हुने ठानेका छौं । तपाईंहरूको लगानी व्यवस्थापन टिम कस्तो छ ? हाम्रो संस्थामा नेपालको अन्तर्राष्ट्रिय पुँजी बजारमा समेत काम गरिसकेका एवं लगानी व्यवस्थापनको विषयमा अन्तर्राष्ट्रिय उपाधि हासिल गरेका साथीहरू हुनुहुन्छ । करिब २ दशकभन्दा लामो अवधिदेखि लगानी तथा शेयर कारोबारमा संलग्न हुँदै आएका तथा कारोबारमै दक्षता हासिल गरेर सफलता पाएका साथीहरू हाम्रो टिममा हुनुहुन्छ । प्रभु क्यापिटलसँग लगानी व्यवस्थापनका लागि अहिलेको टिम सक्षम छ । यो फण्डमा लगानी गर्ने युनिट होल्डरले कस्तो प्रतिफलको अपेक्षा गर्न सक्छन् ? हामीले यो फण्डका युनिट होल्डरहरूलाई वार्षिक औसतमा २० प्रतिशतको प्रतिफल दिने प्रक्षेपण गरेका छौं । त्यसैगरी निरन्तर ७ वर्षसम्म लगानी गर्ने युनिट होल्डरले परिपक्व अवधिसम्म करिब ३ गुणासम्म प्रतिफल पाउने प्रक्षेपण गरेका छौं । निश्चित प्रतिफलका लागि बैंकमा फिक्स्ड डिपोजिटमा लगानी गर्नेहरूका लागि यो राम्रो लगानी क्षेत्र हो । फण्ड निष्कासनपछि यसलाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरिने हुँदा लगानीकर्ताले जतिबेला चाह्यो बजारमा बिक्री गरेर पैसा निकाल्न सक्छन् । त्यसैले जोखिम नचाहने, चाहेका बेला आफ्नो लगानी झिक्न चाहने तथा आफ्नो बचतलाई लगानीमा परिणत गर्न चाहनेहरूले यो फण्डको आईपीओमा लगानी गर्न सक्छन् । म्युचुअल फण्डहरूको नेपाली पुँजी बजारमा कस्तो योगदान रहेको छ ? हामी अहिले नेपाली पुँजी बजारको स्वर्णिम युगमा छौं । पुँजी बजारको आवश्यकताअनुसार क्रमिक व्यवस्था हुँदै गएका छन् । अहिले सबै कारोबारले डिम्याट भएर अभौतिक रूपमा स्थायित्व प्राप्त गरिसकेको छ । कारोबार पनि कम्प्युटर प्रणालीबाट सीमित ब्रोकरको घेरामा हुँदै आएकामा अहिले सबैले अनलाइनबाटै गर्न सक्छन् । बिक्री गरेको शेयरको भुक्तानी, खरिदपछिको रकम भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने सुविधा छ । बजारको विकासमा अपुग देखिएको भनेको लगानीका लागि आवश्यक लगानी औजार भएजस्तो लाग्छ । तर, त्यसतर्फ पनि नियामक निकाय र बजार सञ्चालकहरूले काम गरिरहेका छन् । तसर्थ, चाँडै मार्जिन कारोबार, इन्ट्रा डे, सर्टसेलिङ, विभिन्न इन्डेक्स/कम्पनी बेस्ड डेरिभेटिभ कारोबार पनि छिट्टै गर्न पाइने विश्वास छ । सामूहिक लगानी कोषको योगदानको कुरा गर्दा सुरु अवस्थामा नेपाली पुँजी बजारमा धेरै खुद्रा र केही संस्थागत लगानीकर्ताको मात्रै सहभागिता हुँदा बजारप्रति उति सुझबुझ हुन नसकेको देखियो थियो । तर, पछिल्लो समय साना तथा खुद्रा लगानीकर्ताको बचतलाई लगानीमा परिणत गरी त्यसलाई व्यवस्थापन गर्ने तथा बजारमा अनुभवी संस्थागत लगानीकर्ताको प्रवेश हुनुपर्छ भन्ने आधारमा अन्तर्राष्ट्रिय प्रचलन र विधिअनुरूप नै सामूहिक लगानी कोषहरूको प्रवेश भएको छ । सामूहिक लगानी कोषहरूले बजार सहभागीबीच परिपक्वता कायम गर्न, पुँजी बजारको विकास र उत्थानमा सक्दो योगदान दिँदै आएका छन् । यो फण्डको उद्देश्य के हो ? योजनाले इकाइ बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले सामूहिक लगानी कोष तोकिएको क्षेत्रमा लगानी गरी आवेदकलाई उच्च प्रतिफल दिने उद्देश्य राखेको छ । धितोपत्र बजारको दिगो विकासमा सघाउ पुर्‍याउन यो योजनाको इकाइ निष्कासन गरिएको हो । यो योजनाले कस्ता–कस्ता कम्पनीमा लगानी गर्छ ? यसले नेपाल धितोपत्र बोर्डले जारी गरेको सामूहिक लगानी कोषले तोकेका क्षेत्रमा लगानी गर्छ । जस्तै, बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत संगठित संस्थाहरूको धितोपत्र, सरकारले जारी गरेको वा सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व अथवा नियन्त्रणमा रहेका कुनै संस्था वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधन, बैंक तथा वित्तीय संस्थाका निक्षेप, मुद्रा बजार उपकरण आदिमा लगानी गर्छ । यसरी लगानी गर्दा फण्डले अधिकतम ८० देखि १०० प्रतिशतसम्म धितोपत्र विनियम बजार अर्थात् नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमध्ये ३० वटा कम्पनीहरूमा मात्रै लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ । प्रभु सेलेक्ट फण्डमै किन लगानी गर्ने ? बजारमा धेरै सामूहिक लगानी योजनाहरू सञ्चालनमा छन । तर, ती सबै योजना एकअर्कासँग भिन्न छन् । प्रभु सेलेक्ट फण्डकै कुरा गर्दा हाम्रो फण्डको प्रकृति, यसको संरचना, लगानी रणनीतिको दृष्टिकोणबाट अरूभन्दा भिन्न छौं । हामीले जम्मा ३० वटा कम्पनीमा लगानी व्यवस्थापन गर्ने योजना बनाएका छौं । लगानीकर्तालाई उच्चतम प्रतिफल तथा जोखिम व्यवस्थापनको नयाँ लगानी औजारका साथै समग्र पुँजी बजारलाई नेप्सेका परिसूचकसँग दाँज्न मिल्ने बेन्चमार्क यो फण्डले प्रदान गर्नेछ । हामी लगानी रणनीतिका आधारमा पनि अरूभन्दा भिन्न छौं । बजार बुझ्नुभयो भने पनि गत ९ महिने अवधिमा लगानीबाट सबैभन्दा धेरै नाफा कमाउने क्यापिटलमध्ये रकमका आधारमा मात्र नभई प्रतिशेयर आम्दानीका हिसाबले हामी धेरै अगाडि छौं । यसअघि बजार डाउन ट्रेन्डमै रहेका बखतसमेत हामीले बजारमैत्री लगानी गरेर ती लगानीबाट मुनाफा कमाएर प्रतिफल दिएको अनुभव छ । हामीले यो फण्डलाई व्यवस्थित तरिकाले अगाडि बढाउँछौं । सोही कारण हामीले ७ वर्षे अवधिमा करिब ३ गुणासम्म प्रतिफल दिन सक्छौं भनेर प्रक्षेपण गरेका हौं । तपाईंको विचारमा आगामी ५–७ वर्षमा नेपाली पुँजी बजारको भविष्य कस्तो होला ? अबको ७ वर्षे अवधि नेपाली पुँजी बजारका लागि उज्ज्वल हुने हाम्रो विश्वास छ । यसबीचमा पुँजी बजारका लगानी औजारहरू थपिनेछन् । कारोबार गर्ने प्रक्रिया विस्तार हुनेछ । बजारमा थप संस्थागतसँगै खुद्रा लगानीकर्ताको प्रवेश हुने क्रम जारी छ । भर्खरै स्टक डिलरको प्रवेश भएको छ । यस्ता डिलर अझै थप हुँदै जानेछन् । क्लोज इन्डेडका साथै ओपन इन्डेड फण्ड एवं विशिष्टीकृत लगानी कोषहरूको संख्या बढेर जानेछ । यसले बजारमा थप माग तथा आपूर्ति व्यवस्थालाई टेवा दिनेछन् । वैदेशिक लगानीलाई पुँजी बजारमा प्रवेशका लागि मार्गप्रशस्त हुनेछ । लगानीकर्ताहरूले पुँजी बजारप्रति दीर्घकालीन रूपमै ढुक्क भएर हाम्रो फण्डमा लगानी गर्न सक्छन् । हामीकहाँ पहिले आएका सामूहिक लगानी योजनाले गरेका प्रदर्शनबाट लगानीकर्ताहरू निराश अवस्थामा छन् । यस्तो अवस्थामा तपाईंहरूले विशेष औजार प्रयोग गर्दै हुनुहुन्छ, हो ? सामूहिक लगानी कोषलाई हातखुट्टा बाँधेर काम गर भनियो । एउटा निश्चित परिधिमा बसेर काम गर्नुपर्दा सुरु–सुरुमा केही सामूहिक लगानी योजनाहरूले युनिट होल्डरको अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेकै हो । हामीकहाँ इन्ट्रा डे, सर्ट सेलजस्ता सुविधा छैनन् । बजारमा किनेपछि मात्रै बेच्न पाइन्छ । बजार घट्दो अवस्थामा रहेका बेला खरिद गरी बसेका केही सामूहिक लगानी योजनामा त्यस्तो भए पनि ढिलोचाँडो सबैले प्रतिफल दिएकै छन् । हामीले लगानीकर्तालाई निर्धक्क भएर सामूहिक लगानी कोषको आईपीओमा लगानी गर्न आग्रह गरेका छौं । प्रभु सेलेक्ट फण्डले अहिलेसम्म लगानीकर्ताले अपेक्षा गरेभन्दा उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्छौं ।

प्रभु लाइफको आइपीओ बिक्री खुल्ला, मेरो सेयरको मोबाइल एपबाट पनि आवेदन दिन सकिने

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) सोमबारदेखि बिक्री खुल्ला भएको छ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि सेयर आवेदन