काठमाडौँ : संघीय संसद्को एक कार्यकाल पूरा भएको छ। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसद्को कार्यकाल शुरु हुने तरखरमा छ।मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ। निर्वाचन परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन। नेपाली काँग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरूको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ।मत परिणाम अन्तिम