काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले यस वर्षको ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले उक्त नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
साधारण सभा सम्पन्न भएको दिनदेखि नै कम्पनीले सम्बन्धित शेयरधनीले हितग्राही खातामा उल्लेखित बैंक खातामै नगद लाभांश वितरण गरेको हो । हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न पनि कम्पनीले आग्रह गरेको हो ।
पुस १२ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा गरिने कम्पनीको भनाई छ । सो मितिपश्चात् कर्जा चुक्ता भुक्तानी गरेका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको नगद लाभांश प्राप्त गरेका छन् ।