शनिवार औपचारिक रुपमा नवनिर्मित धरहराको उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार यसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको हो ।
सुनधारामा नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढाएको छ ।