झापा : वैदेशिक रोजगारीका लागि साउदी अरब गएका मेचीनगर नगरपालिका–७ आयाबासीका राजु थापा क्षेत्री तीन वर्षदेखि सम्पर्कविहीन भएका छन्।राजु सम्पर्कविहीन हुँदा घरका सदस्य बिचल्लीमा परेका छन्। राजु १० वर्षअघि साउदी अरब गएका थिए। तर, तीन वर्षदेखि सम्पर्कमा नरहेको उनकी श्रीमती मनकुमारीले बताइन्। उनले श्रीमानको खोजीमा सहयोग गरिदिन आग्रह गरेकी छिन्।‘श्रीमान् घर खर्च त के पठाओस्, हाम्रो सम्पर्कमै हुनुहुन्न,’ मनकुमारीले भनिन्, ‘परिवार पाल्नै धौधौ परिसकेको छ। श्रीमानलाई खोज्न धेरै प्रया