सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक केहीबेरमा बस्दैछ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका आधार र मापदण्डबारे छलफल हुने नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।