काठमाडौं : आइसिसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारीमा रहेको नेपाली महिला क्रिकेट टिमले आज कतारसँग सिरिजको अन्तिम खेल खेल्दै छ।तीन खेलको टी–२० सिरिज नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले कतारसँग अघिल्ला दुई खेलमा जित निकाल्दै सिरिज २–० ले कब्जा गरेकाले आफ्नो पहिलो सिरिज नै ‘क्लिन स्वीप’ गर्ने लक्ष्यमा नेपाल रहने छ।नेपालले दोहास्थित वेस्टइन्ड पार्क स्टेडियममा कतारको सामना गर्ने छ। नेपाल र कतारबीचको खेल दिउँसो ३ : ४५ मा सुरु हुने छ। घरेलु टिमविरुद्ध मैदान उत्रद