नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा

काठमाण्डाै - नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा पुगेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपाली महिला टोली एभीसी सेन्ट्रल जोन भलिबलको गएको संस्करणको विजेता पनि हो । यसैबीच, नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराएको छ । जितसँगै ६ अङ्क बनाएको नेपालको शीर्ष चारमा रहँदै फाइनल खेल्न सम्भावना कायमै रहेको छ ।