काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीबारे नेकपा (एकीकृत समाजवादी) पार्टीले सत्यतथ्य जाँच गर्ने भएको छ।नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सार्वजनिक भएको भिडियाेकाे सत्यता जाँच गर्ने कुरामा पार्टी लागेकाे बताए। नेतृत्व तहमा यसबारे आजै छलफल हुने उनले जानकारी दिए।मन्त्री आलेले भारतमा रहेका एक जनालाई टेलिफोनमा अश्लिल गाली गरेको भन्दै अडियो–भिडियो मंगलबार सार्वजनिक भएको थियो। अडियो-भिडियोमा मन्त्री आलेले अछाम घर भइ भारतमा बस्ने जगत