उत्पादन बढाउन माटोको जाँच

जाजरकोट, ७ पुस । तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिकाले उत्पादन बढाउन माटोको जाँच थालेको छ । सातवटै वडामा यही पुस ६ देखि १४ गतेसम्म शिविर सञ्चालन गरी उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला कृषि शाखा प्रमुख श्रवणकुमार बुढाका अनुसार माटोको जाँच गराउन फलफूलका लागि तीन फिट गहिरो तथा अन्य बालीका लागि नौदेखि १२ फिट गहिरो […]

सम्बन्धित सामग्री

उत्पादन बढाउन माटोको जाँच

डोल्पा । तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिकाले उत्पादन बढाउन माटोको जाँच थालेको छ । सातओटै वडामा यही पुस ६ देखि १४ गतेसम्म शिविर सञ्चालन गरी उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला कृषि शाखा प्रमुख श्रवणकुमार बुढाका अनुसार फलफूलका लागि तीन फिट गहिरो तथा अन्य बालीका लागि नौदेखि १२ फिट गहिरो खाडल खनेर ५०० ग्राम माटो निकाली शिविरमा जाँच गरिएको छ । ‘माटोको अवस्था पत्ता लगाई कृषकलाई सोहीअनुसारको सल्लाह दिइरहेका छौं, सधैं आयात गरेको अन्न र फलफूल मात्र खाएर हुँदैन, आफै पनि आत्मनिर्भर बन्नुपर्छ ।’ जाँचपछि माटोको अम्लीयपनबारे जानकारीसँगै सोहीअनुसारको जात सिफारिस गर्न सजिलो हुने बुढाको भनाइ छ । मुड्केचुलामा स्याउ, ओखर र अमिलो जातका फलफूल बढी उत्पादन हुन्छ । वर्षेनि घट्दै गएको उत्पादनलाई माटो जाँच गरी बढाएर नतिजामुखी बनाउन सो अभियान थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । यहाँको मुख्यबाली मकै र गहुँ हो । रासस