सुविधा सम्पन्न बसपार्क निर्माण

काठमाडौँ , २ भदौ । मलङ्गवा नगरपालिका–२ मा करिब रु छ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत निर्माण भएको बसपार्क चाँडै नै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । उनका अनुसार हाल मलङ्गवा–९ मा रहेको पुरानो बसपार्कबाट बसहरु सञ्चालनमै रहेका […]

सम्बन्धित सामग्री

गाईघाटको त्रियुगा बसपार्क निर्माण अलपत्र

उदयपुर । निर्माण कम्पनीको लापरबाहीले प्रदेश स्तरको अत्याधुनिक त्रियुगा बसपार्क दुई वर्ष देखि अलपत्र परेको छ । सम्झौता अनुसार २ वर्ष अघि निर्माण सम्पन्न गर्नु पर्नेमा निर्माण कम्पनीले २ वर्ष देखि काम छाडेर बेपत्ता भएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका ३ र १२ बिचमा रहेको साबिकको त्रियुगा बसपार्कमै प्रदेश स्तरको अत्याधुनिक बसपार्क निर्माण […] The post गाईघाटको त्रियुगा बसपार्क निर्माण अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

काठमाडौँ, ५ वैशाख । बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै […]

विपी र मदन भण्डारी राजमार्गको सङ्गममा सुविधायुक्त बसपार्क निर्माण

सिन्धुली । सिन्धुलीमा आधुनिक बसपार्क निर्माण गरिएको छ । कमलामाई नगरपालिका–९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण गरिएको हो ।  निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा भवन डिभिजन कार्यालयका

जनकपुरमा आधुनिक नमूना बसपार्क निर्माण सुरु

मधेस प्रदेशको राजधानी जनकपुरधाममा नमूना बसपार्क निर्माण कार्य सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ मा हाल सञ्चालित जनकपुरधाम बसपार्क अस्तव्यस्त भएपछि सोही बसपार्कलाई आधुनिक सुविधायुक्त नमूना बसपार्क निर्माण गर्न लागिएको हो । सो बसपार्क निर्माण कार्यको गत असारमा शहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका थिए । पछिल्लो समय धार्मिक पर्यटकको हव बन्दै गएको जनकपुरधाममा सुविधा सम्पन्न बसपार्क निर्माणकार्य अघि बढाएको सङ्घीय आयोजना कार्यान्वयन इकाई जनकपुरधामका प्रमुख प्रदीप खनालले जानकारी

फिदिम बसपार्क अझै सञ्चालनमा आएन

जग्गा प्राप्तिको दुई दशकपछि निर्माण सम्पन्न । दुई पटक उद्घाटन । तर, अझै पनि बसपार्क सञ्चालनमा आउन सकेको छैन । यो पाँचथर सदरमुकाम फिदिममा रहेको फिदिम बसपार्कको कथा हो । करिब दुई करोड लागतमा निर्माण सम्पन्न भएको फिदिम बसपार्क निर्माण हुन नै दुई दशक लाग्यो । विभिन्न बहानामा निर्माण हुन नसकेको बसपार्क पाँच वर्षअघि निर्माण […]

मलङ्गवामा सुविधा सम्पन्न बसपार्क तयार

मलङ्गवा नगरपालिका–२ मा करिब रु ६ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाम मार्फत तयार भएको सो बसपार्क चाँडै नै सञ्चालनमा आउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।हाल मलङ्गवा–९ स्थित पुरानो बसपार्कबाट बस सञ्चालन हुँदै आएको छ । टर्मिनल भवनसहित निर्माण गरिएको उक्त नयाँ बसपार्क सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, मलङ्गवा नगरपालिका र मलङ्गवा यातायात सेवा प्रालिसँग आवश्

छ करोडको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण

सर्लाही– मलङ्गवा नगरपालिका–२ मा करिब छ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत निर्माण भएको बसपार्क चाँडै नै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए।  उनका अनुसार हाल मलङ्गवा–९ मा रहेको पुरानो बसपार्कबाट बसहरू सञ्चालनमै रहेका र चाँडै नै नयाँ बसपार्कबाट बस […]

अलपत्र पर्यो बसपार्क निर्माण, अस्तव्यस्त पार्किङ

बैतडी : पाटन नयाँ शहरअन्तर्गत बैतडीको पाटनमा  बसपार्क निर्माणको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७१-७२ मा निर्माण शुरु गरिएको बसपार्क अहिलेसम्म पूरा हुन नसकेको हो।पाटनमा सवारी साधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाएको भए पनि समयमै बसपार्क निर्माणको काम सम्पन्न नहुँदा स्थानीयवासीसमेत निराश बनेका छन्।८ ओटा बस र ४ ओटा जिप एकैपटक पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्। बसपार्क निर्माणको कामा ढिलाइ हुँदा स

धरानमा स्मार्ट बसपार्क निर्माण सुरु

धरान (अस) । दुई दशकदेखि विवादित बन्दै आएको धरानमा स्मार्ट बसपार्क निर्माण सुरु भएको छ । स्थानीयले दिएको जग्गामा तीनकुने सुन्दर बस्ती विकास आयोजनामार्फत स्मार्ट बसपार्क निर्माण योजना सुरु भएको हो । धरानको गौरवको आयोजना भएकाले यसलाई चाँडै पूरा गर्ने सुन्दरबस्ती निर्माण आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख खगेन्द्र खतिवडाले स्मार्ट बसपार्क निर्माण सुरु भइसकेको बताए । उनले भने, ‘यो धरानको गौरवको आयोजना हो । यसलाई चाँडै सम्पन्न गर्न लागिपरेका छौं ।’ उनका अनुसार आयोजनाअन्तर्गतको बसपार्क प्रवेश मार्गसहितको सडक सञ्जालमा रहने ड्रेन निर्माण सुरु भएको छ । आयोजनाले साइड क्लियर गर्ने काम सुरु गरेको छ । उनले भने, ‘हामी साइट क्लियर गर्ने काम गर्दै छौं ।’ डीपीआर बनिसकेपछि बसपार्क निर्माणले गति लिएको हो । डीपीआरअनुसार स्मार्ट बसपार्क बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ) सहिते ३ तलाको हुनेछ । डिजाइनअनुसार सबैभन्दा पहिलो बेसमेन्टमा २ सय वटा सानो गाडी (सुमो, हायस, कारलगायत) र १ सय ५० वटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ । यसैगरी सतहमा ४९ वटा बस र १५ वटा साना गाडी राख्ने ठाउँसमेत हुनेछ । उपमहानगरका अनुसार सतहबाट गन्तव्यमा छुट्ने गाडी मात्र राखिनेछ भने त्यहाँ १२ वटा विभिन्न रुटमा जाने गाडीको पार्किङ संरचना निर्माण हुने डिजाइन रहेको छ । डिजाइनमा तेस्रो तला टर्निमल भवन यात्रुको प्रयोगमा आउनेछ भने क्याफे, लाइब्रेरी र व्यापारिक कोठा हुनेछन् । स्मार्ट बसपार्कको सतहमा कुना तथा खाली स्थानमा फूलबारी पनि निर्माण गर्ने उपमहानगरको योजना छ । पार्क निर्माण सम्पन्न गर्न २५ देखि ३० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

७ करोडको लागतमा बन्यो पर्यटक बसपार्क

पोखरामा अन्ततः पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भएको छ । पोखरा महानगरपालिका–७, राष्ट्र बैंकचोक नजिक पर्यटन विभागको लगानीमा पोखरामा रिजिटपेमेन्ट (ढलान) संरचनामा पर्यटक बसपार्क हालै निर्माण कार्य सम्पन्न भएको विभागका इन्जिनियर सचिन्द्रकुमार यादवले बताए ।विभागले आशिष–सिएम–मिसन जेभीलाई ठेक्का सम्झौता गरेपछि कोरोनाले गर्दा थपिएको समयमै उक्त पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भएको उनले जनाए । पर्यटन […]