नेपालको पर्यटन केही वर्षको निरन्तर ओरालो यात्रापछि सहज बाटामा फर्केको छ । भूकम्प र कोभिड–१९ महामारीपछि नेपाली पर्यटन पूर्ववत् अवस्थामा फर्किएको विश्वास गर्न सकिने तथ्यांकले अर्थतन्त्रमा आशा जगाएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार, सन् २०२३ मा १४८ देशका १० लाख १४ हजार ८७६ नागरिकले नेपाल भ्रमण गरेका छन् ।