काठमाडौंको बालाजुस्थित एक पानी सप्लायर्स कम्पनीमा घरायसी प्रयोजनका लागि सोमवार अपरान्ह पानी भर्न लाइनमा राखिएका ट्याङ्करहरु । काठमाडौं उपत्यकामा प्रत्येक वर्ष चैत, वैशाख र जेठ महीनामा पानीको अत्यधिक माग हुने चालक राजीव लामा बताउँछन् । प्रतिट्यांकर (७ हजार लिटर) ५०० मा विक्री हुने गरेको उनको भनाइ छ ।
नेपाल जलस्रोतको दोस्रो धनी देश भएर पनि विगत केही वर्षयता देशका सहरी क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमा समेत खानेपानीको समस्या उत्पन्न भइरहेको छ । सन्दर्भ विश्व पानी दिवस अर्थात् मार्च २२ तारिखमा विश्वले सन् १९९३ देखि यो दिवस मनाउँदै आएको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान