काठमाण्डाै - चीन र अमेरिकाले आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन् ।
विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्नो कामलाई तीव्रता दिने उल्लेख गरिएको संयुक्त वक्तव्य जारी गरेका छन् ।
घोषणामा पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न सहकार्यको दृढ वाचालाई स्मरण गरेको छ ।
स्कटल्यान्डकाे ग्लास्गोमा आयोजित कोप–२६ जलवायु सम्मेलनमा भएको यो सहमतिलाई आश्चर्यजनक मानिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ ग्लास्कोमा सहभा...