काठमाडौं : नेपालमा कोरोना उपचारमा प्रयोग गरिएका चार प्रकारका औषधिहरू सम्झौता अनुसारको नभएको पाइएकाे छ।महालेखा परीक्षकको प्रतिवेदनमा चार प्रकारका औषधिहरू सम्झौता अनुसारको नभएको र इन्सूलिन अस्पार्टको उत्पादन मुलुक फरक परेको उल्लेख गरिएकाे छ।स्वास्थ्य सेवा विभागले एक आपूर्तिकर्ताबाट कोभिड १९ उपचारमा आवश्यक ११ प्रकारका औषधि खरिद गरि २ करोड ४३ लाख ६५ हजार भुक्तानी दिएकोमा आपूर्ति भएका औषधिको केमेष्ट्रि समेतको विज्ञ समितिबाट गुणस्तर परीक्षण गर्दा ४ प्रकारका औषधि सम्झौता अनुसार नभएक