विराटनगरका निजीस्तरमा संचालनमा रहेको कोरोना अस्पतालमा रेमडिसिभिर नामक औषधि अभाव हुँदा संक्रमितको उपचार प्रभावित भएको छ । सरकारले केही समय अघिसम्म कोरोना विशेष अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको औषधि रोकिएपछि बिरामीहरुको उपचारमा समस्या भएको हो ।केन्द्र सरकारले औषधि व्यवस्था विभागमार्फत कोरानाको उपचारका लागि आवश्यक औषधी अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको थियो ।विराटनगर स्थित नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले सरकारले औषधि उपलब्ध नगराएपछि उपचारका समस्या उत्पन्न हुन था