जुम्ला : विश्व मधुमेह दिवसको अवसरमा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले निःशुल्क परीक्षण गरेको छ। आइतबार जुम्ला बजारमा १८८ जनाको मधुमेह परीक्षण गरिएको छ।परीक्षणमा २६ जनामा मधुमेह देखिएको कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। तीमध्ये सात जनाले औषधि खाँदै गरेको पाइएको छ। यसले जुम्लामा मधुमेहको रोगी बढ्दै गरेको उनको भनाइ छ।‘यो तथ्यांकले जुम्लामा मधुमेहका रोगी बढ्दो क्रममा छ भन्ने देखाउँछ। यसलाई नियन्त्रण गर्न आवश्यक छ,’ उनले थपे, ‘समयमै परीक्षणको दायरामा नआएको खण्डमा &