नेकपा एमालेले ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ । एमालेले आज जारी गरेको घोषणा पत्रमा ६० वर्ष माथिका नागरिक लागि उच्च रक्तचाप मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने जनाएको हो ।यस्तै, कडा असाध्य रोगहरूको लागि उपचार निःशुल्क गर्ने, सबै नागरिकलाई निरोगी रहने उपाय अवलम्बन गर्न सचेत गराउने पनि घोषणा पत्रमा भनिएको छ । यस्तै, प्रसूति सेवासहित महिलालाई स्वास्थ्य सेवा र बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर