पर्वत : विश्व मधुमेह दिवसको अवसर पारेर पर्वतमा एक सय सेवाग्राहीको निःशुल्क मधुमेह परीक्षण गरिएको छ।‘मधुमेहको हेरचाह र उपचारमा पहुँच : अब पनि नभए कहिले’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय पर्वत, पर्वत अस्पताल र कुश्मा नगरपालिकाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका थिए।सोही अवसरमा मधुमेहबारे चेतना फैलाउन र समयमै परीक्षण गरी स्वास्थ्य अवस्थालाई गम्भीर बन्न नदिने सन्देश फैलाउन निःशुल्क परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले बताए।‘मधुमेहका