गृहमन्त्री बालकृष्ण खाँणले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान १० बजेपछि गृहमन्त्री खाण स्थानीय तहको निर्वाचनका सन्दर्भमा बिफ्रिङ गर्ने अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका हुन् ।गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसीकाअनुसार स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो । उनले रातोपाटीलाई भने, ‘समसामयिक विषयमा कुराकानी गर्न गृहमन्त्रीज्यू पूर्वप्रधानमन्त्री (माधव नेपाल) ज्यू को निवासमा जानुभएको