काठमाडौं : गण्डकी प्रदेश सरकार गठन भएको १५ दिनपछि विनाविभागीय मन्त्रीलाई दिने जिम्मेवारी टुंगो लागेको छ। नेकपा एमालेबाहेक सबै पार्टी मिलेर बनेको सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूले सपथ लिएकै दिन चारजनालाई विनाविभागीय मन्त्री बनाएका थिए।संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका नेपालीले विश्वासको मत लिने बेला जसपालाई अर्थमन्त्री दिने सहमति गरेका थिए। तर अहिले सहमति कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेपछि उनले जसपाका मन्त्री हरिशरण आचार्यलाई उर्जा मन्त्रालय थमाएका छ