काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी नबन्ने दाबी गरेका छन्। शुक्रवार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताए। ओलीले भने, ‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो। खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै