चितवन : अविरल वर्षाका कारण चितवनको नारायणी र राप्ती लगायतका नदि तथा खोलाहरूमा बाढीले उग्र रुप लिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणीमा आएको बाढीले खतराको तह नाघेपछि खतराको घण्टी बजाइएको छ। देवघाटमा गरिएको मापन अनुसार बाढीले खतराको तह नाघेको हो। पछिल्लो मापन अनुसार देवघाटमा बाढीको सतह ८.३२ मिटर नाघिसकेको छ। यहाँ बाढीको सतह ८ मिटरलाई खतराको तह मानिन्छ।नारायणीमा बाढीको सतह अझै बढ्दो छ। बाढीको सतहले खतराको तह नाघेपछि भरतपुर महानगरपालिका २३, २७ र २५ मा नदि कटानको जोखिम बढेको छ। केहि