मेयर बालेनलाई रोक्न र छेक्न सजिलो छैन

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह यति बेला देशभित्र मात्र होइन, देशबाहिर समेत चर्चामा छन् । उनको फेसबुक स्टाटसमा हजारौँको कमेन्ट, शेयर र लाइकको वर्षा हुने गरेको छ । केही दिनदेखि भारतका सामाजिक सञ्जाल प्रयोगकर्तामा समेत बालेन नाम ट्रेन्डिङ भइरहेको छ । भारतीय राजनीति र चलचित्र उद्योगमा उनीबारे सोधीखोजी बढेको छ । जेठको अन्तिम हप्ता भारतीय संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सालाई जवाफ दिँदै बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेर राष्ट्रियताप्रति आफ्नो धारणा सार्वजनिक गरे...

सम्बन्धित सामग्री

बजार नियमनमा कमजोरी

सरकारले मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमन गर्ने निकायको स्थापना गरेको छ । तर, तिनले राम्ररी काम गर्न नसक्दा बजारमा मूल्यमा मनपरी भइरहेको पाइन्छ । अन्तरराष्ट्रिय वा राष्ट्रिय सानो कारण पाउनेबित्तिकै अचाक्ली मूल्य बढाउने गरिएको छ । रूस–युक्रेनको युद्ध होस् वा सरकारले प्याज आयातमा लगाएको कर होस् । त्यस्तै साना कारणले ढुवानीमा समस्या देखियो भने पनि त्यस्तै हुने गरेको छ । यस्तो अवस्थामा व्यापारीले यसो गर्छन् भन्ने कुरा अनुगमनको जिम्मा लिएको कार्यालयलाई थाहा नहुने कुरै होइन । तर, यसले कि त प्रचारका लागि काम गर्छ कि त व्यापारीलाई नै सजिलो हुने गरी काम गर्छ । त्यसैले उनीहरूको व्यापारीसँग मिलोमतो देखिन्छ ।  अहिले बजार अनुगमन गर्ने निकाय धेरै छन् । तर, तिनीहरूले राम्ररी काम गर्न सकेका छैनन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको मुख्य काम नै बजार अनुगमन हो । जिल्ला प्रशासन कार्यालयले पनि अनुगमन गर्छ । त्यस्तै स्थानीय सरकारले पनि यस्तो काम गर्न पाउँछ । उपभोक्ता अधिकारकर्मीहरू पनि यस काममा लाग्न सक्छन् । तर, यी सबै संस्थाबीच समन्वय छैन । काम गर्ने तरीका मिलेको छैन । जनशक्ति र स्रोतसाधनको अभाव पनि हुन सक्छ ।  कारण जे भए पनि यिनले राम्ररी काम गर्न नसकेको भने साँचो हो । देश संघीयतामा गैसक्यो, अब प्रदेश सरकारदेखि स्थानीय तहलाई बजार अनुगमनको अधिकार छ । त्यसैले यसका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने हो । तर, यसो हुन सकेको छैन । त्यसो त उपभोक्ता आफै पनि जागरुक हुन आवश्यक छ ।  त्यसो त नेपालको आपूर्ति प्रणाली नै वैज्ञानिक र व्यवस्थित छैन । पसलहरू सञ्चालन पनि विधिसम्मत छैन । यी व्यावसायिक प्रक्रियाअनुसार नचलेकाले पनि अनुगमन प्रभावकारी नभएको हुन सक्छ । सरकारले प्रविधिको प्रयोग गर्न सकेको छैन । अर्थात् यी सबै कुरामा सुधार नगरी बजार अनुगमन प्रभावकारी हुन सक्दैन ।  बजार अनुगमन प्रभावकारी नहुँदा त्यसको मर्का सर्वसाधारण उपभोक्तालाई पर्ने हो । म्याद गुज्रेका सामान बजारमा विक्री भइरहेका पाइन्छन् । मूल्यमा मनपरी त छँदै छ । त्यस्तै तौलअनुसार सामान नभएको पाइन्छ । यी सबै कुरा रोक्न उपभोक्ता चनाखो हुनु त पर्छ नै ।  तर, हाम्रो जस्तो कार्टेलिङ हुने बजारमा जति नै चनाखो भए पनि र सचेत भए पनि भरपर्दो विकल्प नहुँदा जे पाइन्छ त्यो किन्नुपर्ने बाध्यता केही मात्रामा अझै छ । गल्लीगल्लीमा खुलेका पसल दर्ता भएकासमेत हुँदैनन् । तीविरुद्ध कानूनी कारबाही गर्न पनि त्यति सजिलो छैन । त्यही भएर सर्वसाधारण पैसामा ठगिएका मात्र होइनन् अखाद्य वस्तु उपभोग गर्न पनि बाध्य छन् ।  यसलाई रोक्न स्थानीय तह बढी सक्रिय हुनुपर्छ तर स्थानीय तहले यो आफ्नो जिम्मेवारी हो भनेर लिएको देखिँदैन । ऐनकानूनअनुसार यसको पूर्ण जिम्मेवारी स्थानीय तह नै हो । स्थानीय तहले चासो दिएर सक्रिय हुने हो भने संघीय सरकारभन्दा बढी प्रभावकारी ढंगले काम गर्न सक्छ ।  वसन्त खड्का वनस्थली, काठमाडौं ।

रुस र युक्रेनबीचको वार्ता सम्झौता नजिक : टर्की

टर्कीले रुस र युक्रेनबीच भइरहेको वार्ता सम्झौता नजिक पुगेको बताएको छ । टर्कीका विदेशमन्त्री मेभ्लुत चोभाशुग्लुले युद्धका कारण नागरिकको ज्यान गएका बेलामा सहमति गर्न सजिलो नहुने तर यसको बाबजुद पनि आफूहरु सहमतिका लागि अगाडि बढिरहेको बताउनु भएको छ । उहाँले वार्ताको दुवै टोलीसित आफ्नो सम्पर्क भइरहेको पनि बताउनु भएको छ । उहाँले केही दिनअघि युक्रेन र रुसको यात्रा गर्नु भएको थियो । युक्रेन र रुस दुवैसँग सुमधुर सम्बन्ध भएको टर्कीले युद्ध रोक्न मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गरिरहेको छ ।

गगन-विश्व रोक्न सजिलो छैन कम्युनिष्टलाई

राजनीतिमा युवा आफैंमा योग्यता होइन, एजेण्डा र कार्यक्रम नै प्रमुख हो । तर नेपालको राजनीतिक परिवर्तनमा युवा नेतृत्व हुँदा नै साना–ठूला राजनीतिक परिवर्तन भएका छन् । त्यसैले कांग्रेसमा आएको यो परिवर्तनको असर रोक्न छिन्नभिन्न अवस्थामा पुगेका कम्युनिष्ट पार्टीहरुलाई सजिलो छैन ।

मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी दर्ता

लियोनेल मेस्सी अब पेरिस सेन्ट जर्मेन जाने पक्का ! यतिबेला चर्चामा रहेको खबर हो यो । तर, मेस्सीको भविष्य सोचेजति सजिलो देखिएको छैन । युरोपियन कमिसनमा मेस्सीको पीएसजी जाने ढोका बन्द गर्नका लागि उजुरी दर्ता भइसकेको छ ।स्पेनिस पत्रिका मार्काले प्राप्त गरेको उजुरीमा आर्थिक तथ्यमा आधारित भएर ‘फाइनास्यिल फेयर प्ले’ अनुसार पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नसक्ने दाबी गरिएको छ । ‘आर्थिक अनुशासनमा पीएसीको अवस्था बार्सिलोनाको भन्दा खत्तम रहेको छ,’ डा. हुवान ब्राङ्कोले दर्ता गरेको उजु

स्वीडिस स्ट्राइकर भन्छन् : रोनाल्डोलाई कसरी रोक्ने थाहा छैन

२७ असोज, काठमाडौं । स्वीडिस फुटबलर डेजान कुलुसेभ्स्कीले युभेन्टसका टिममेट क्रिस्टियानो रोनाल्डोलाई नेसन्स लिगमा रोक्न सजिलो नरहेको बताएका छन् । नेसन्स लिग अन्तर्गत स्वीडेन र पोर्चुगलबीच गु्रप ३ को भिडन्त बुधबार लिस्बेनमा हुँदैछ, जसमा रोनाल्डो …

https://www.onlinekhabar.com/2020/04/854449

२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वका धेरै मुलुकले लकडाउन गरेका छन् । तर लामो समयसम्म लकडाउन पालना गराउन सजिलो छैन । इन्डोनेसियाको केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति निकालेको …

लकडाउन कसरी हटाउने? अर्थतन्त्र कसरी ब्युँत्याउने?

महामारीका कारण लगाइएको लकडाउन कसरी खोल्ने? अर्थतन्त्रलाई कसरी फेरि चलायमान गराउने? यसको जवाफ हो : 'एकदमै सावधानीपूर्वक!' उत्तर सजिलो भएपनि यसैअनुसार काम गर्न निकै कठिन छ। संक्रमण रोक्न गरेको पूर्वतयारीको अवस्था हेर्दा युरोपेली देशहरुलाई त्यति धेरै महत्व दिन त आवश्यक छैन। तर उद्योगधन्दा विकास...

'निजगढ एयरपोर्ट रोक्न बुढा रूख र हात्ती हिँड्ने बाटो देखाउँदैछन्'

बारा : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अझै सजिलो नभएको बताएका छन्। बाराको जीतपुसिमरा-१६ पिलुवामा स्वर्गीय इश्वरी बजगाईको १३ औं दिनको पुण्यतीथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले विमानस्थलमा रहेका खतरालाई पन्छाउन स्थानीयबासीको राम्रो सहयोग आवश्यक रहेको ...

घरेलु उपायबाट गर्भ रोक्न चाहनुहुन्छ ? जान्नुहोस् सजिलो उपाय

एजेन्सी । पछिल्लो समय औषधि पसलमा सर्वाधिक विक्री वितरण भइरहेको औसधिमा पर्छ गर्भनिरोधक औषधि ।  अवांछित गर्भ रोक्नको लागि थुप्रै बजारिया औषधिहरु सेवन तथा...