युरोप आपूर्ति हुने रुसी ग्यास शुक्रबारदेखि अनिश्चित कालको लागि रोकिएको छ । अहिले आएर रुसी राष्ट्रपति कार्यलय क्रेमलिनले आफ्नो देशमाथिको पश्चिमी प्रतिबन्ध नहटाएसम्म ग्यास सूचारु नहुने बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार नोर्ड स्ट्रिम १ पाइपलाईन बन्द गर्नुको एक मात्र कारण पश्चिमी प्रतिबन्ध भएको बताए । मस्कोले सुरुमा ग्यास आपूर्ति गर्ने पाइपलाइनबाट तेल चुहिएको भन्दै मर्मतका गर्न केही दिन ग्यास आपुर्ति बन्द गर्नुपरेको बताएको थियो । तर शुक्रबारबाट उनीहरुले ग्यासको आपूर्