रुसको पूर्ण ग्यास आपूर्ति बन्द युरोपका लागि महामारी

 अमेरिका र उसका गठबन्धनहरुले रुसी ग्यास आपूर्ति बन्द भएमा त्यसको आपतकालीन योजना बारे सोचिरहेका छन् । रुसी ग्यास, व्यापार र युरोपका घरहरुको न्यानोका लागि महत्वपूर्ण रहँदै आएको छ । युक्रेनसँगको तनावको समयमा  यो आपूर्ति बन्द हुने अवस्थामा पनि पुग्न सक्छ ।रुसी ग्यासबिना यूरोप टिक्नका लागि समेत संघर्ष गर्नुपर्ने हुन्छ र यसको वैकल्पिक स्रोतले ठूलो लजिस्टिक चुनौती दिन सक्छ ।‘यहाँ वास्तवमै छिटो र सहज विकल्प छैन,’ जर्मन इन्सटिच्यूट फर इन्टरनेशनल एन्ट सेक्यूरिटी अफेयर्समा पूर्वी यूरो

सम्बन्धित सामग्री

साल्ट ट्रेडिङ कर्पोरेशनबारे सरोकारवालाहरूको भनाइ

साल्ट ट्रेडिङमार्फत काम गर्न पाउँदा निकै गर्व लाग्छ स्व. ईश्वरलाल श्रेष्ठ पूर्व निर्देशक तथा सञ्चालक, साल्ट ट्रेडिङ कर्पोरेशन नुनको व्यापार गरेको नाताले साल्ट ट्रेडिङमा डाइरेक्टर हुने मौका पाएँ । नुनकै व्यापार गरेकाले साल्ट ट्रेडिङ स्थापना गर्ने बेला हामीलाई शेयर लिन बोलाइएको थियो । त्यसबेला २५ हजार रुपैयाँ शेयर हालियो । म चेम्बरमा तलदेखि माथिसम्म पुगेको थिएँ । साल्ट ट्रेडिङमा लागेपछि सञ्चालक भएँ । त्यसपछि नेपाल वनस्पति घिउ फ्याक्ट्रीको उपाध्यक्ष र मैदा उत्पादन गर्ने उद्योगको अध्यक्षसम्म भएँ । साल्ट ट्रेडिङ अन्तर्गत अहिले खुलेको ग्यास उद्योगको पनि अध्यक्ष भएको छु । सर्वसाधारणको तर्फबाट रबर फ्याक्ट्रीको सञ्चालक समेत छु । साल्ट ट्रेडिङमार्फत वनस्पति घिउ उद्योग, मैदा मिल, रबर फ्याक्ट्री आदि सञ्चालन गर्दा निकै गर्व लाग्छ । मुलुकका लागि र सारा जनाताको हितमा काम गरिरहेको छु । अहिले ५०/६० वर्ष पुगेका साथीहरूले के काम गर्दै छौ भनेर सोध्दा तिमीहरूलाई खुवाउने काम गर्दै छु भन्थेँ । (रेडियो सगरमाथाका लागि वरिष्ठ पत्रकार भैरव रिसालले सञ्चालन गरेको ‘उहिले बाजेका पालामा’ कार्यक्रममा प्रसारित स्व. ईश्वरलाल श्रेष्ठको अन्तरवार्ताबाट साभार गरिएको । सो अन्तरवार्ता उनको स्मृतिमा कर्पोरेट बिजनेश म्यागेजिनले छापेको पुस्तकमा प्रकाशित छ ।’) संस्थानलाई दीर्घकालसम्म सञ्चालन गर्न राज्यको सहयोग चाहिन्छ आनन्दप्रसाद ढुंगाना पूर्वमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हामीसँग धेरै संस्थान भए । तर राम्रोसँग काम गर्न सक्ने कम छन् । राम्रो गर्नेमध्येको एक हो साल्ट ट्रेडिङ कर्पोरेशन । म मन्त्री हुँदा चिनीको हाहाकार भएका बेला संस्थानले सस्तो र सर्वसुलभ रूपमा आपूर्ति गरेर ठूलो सहयोग पु¥याएको थियो । मेरै कार्यकालमा जापान सरकारले सहयोग गरेको रू. ८ करोडको गोदामको व्यवस्था गरिदियौं । त्यतिबेला अरू संस्थानलाई छाडेर साल्ट ट्रेडिङलाई नै दिनुको कारण उसले व्यवस्थित रूपमा गोदामको उपयोग गर्न सक्छ भनेर नै हो । यो संस्थानलाई दीर्घकालसम्म सञ्चालनका लागि राज्यको सहयोग चाहिन्छ । आयोडिनयुक्त नुनबाट कारोबार शुरू गरेको संस्थानले नेपालमा खासगरी गलगाँड जस्तो ठूलो रोग उन्मूलनमा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसलाई हामीले बिर्सनु हुँदैन । अहिले पनि संस्थानलाई गोदामको समस्या छ । यसको व्यवस्थापनमा राज्य नै लाग्नुपर्ने देखिन्छ । शेयर विवाद पनि लामो समयदेखि चलिरहेको छ । सरकारले अनुदानलाई पूँजीमा रूपान्तरण गर्न खोज्नु संस्थानलाई डुबाउने प्रयास गर्नु हो । त्यसो गरिनु हुँदैन । यसमा यथाशीघ्र निकास खोजिनुपर्छ । सरकारले नुन ढुवानीका लागि अनुदान दिने गरेको छ । दुर्गमका लागि दिने गरिएको ढुवानी अनुदानलाई निरन्तरता दिइनुपर्छ । साल्ट ट्रेडिङलाई हस्तक्षेपविना काम गर्न दिइनुपर्छ सुनीलबहादुर थापा पूर्वमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति सरकारी र निजीक्षेत्रको संयुक्त पहलमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन आफ्नो सेवामार्फत आम उपभोक्ताको विश्वास जित्न सफल छ । नुनबाट व्यापार शुरू गरेर खाद्यवस्तु र ग्यास समेत सहज रूपमा विक्री गर्न सक्नु संस्थाको सकारात्मक पाटो हो । आयोडिनयुक्त नुन नेपालका विकट ठाउँमा पु¥याउन संस्थाको नेटवर्किङ चुस्त छ । अर्को महŒवपूर्ण पक्ष त यो संस्था महिलाको नेतृत्वमा हाँकिएको छ, जुन अन्य महिलाका लागि पनि उदाहरणीय छ । दशैं, तिहारका बेला चिनीको हाहाकार हुने गरेकोमा संस्थानले सर्वसुलभ हिसाबले यसको विक्री गर्दै आएको छ । यसबाट आम उपभोक्ता लाभान्वित हुने गरेका छन् । दशैं, तिहारमा मात्रै नभई अरू बेला पनि यसलाई निरन्तरता दिन सरकारको साथ र समन्वयको खाँचो देखिन्छ । बेलाबेला ग्यासको अभाव हुँदा समेत संस्थाले सुलभ रूपमा विक्री वितरण गर्दै आएको छ । यो निकै सकारात्मक छ । संस्थालाई अझै सुढृढ नेटवर्किङका साथ अघि बढाउने हो भने भोलिको दिनमा कुनै संकट आइपर्दा आपूर्ति व्यवस्थापन प्रभावित हुन पाउँदैन । साल्ट टे«डिङलाई अघि बढाउने सन्दर्भमा मन्त्रालय, मन्त्रीबाट अनावश्यक हस्तक्षेप गरिनुहुन्न । यसलाई पारदर्शी रूपमा अघि बढाउनुपर्छ । महामारी तथा संकटका बेला ठूलो भरथेग बनेको छ लेखराज भट्ट पूर्वमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अनुदानमा नुन दुर्गमसम्म पुर्‍याउनेदेखि खाद्य सामग्री विक्री गर्नेसम्मको कार्यमा सल्ट ट्रेडिङले विगतदेखि नै काम गरिरहेको छ । यो सराहनीय छ । बजारमा महँगी, कालोबजारी हुँदा, महामारी तथा संकटका बेला राज्यले साल्ट ट्रेडिङलाई प्रयोग गर्दै आएको छ । यो निकायलाई सरकारले हस्तक्षेपकारी निकायको रूपमा प्रयोग गर्दै आउनु राम्रो पक्ष हो । यसले बजारमा हुने विकृति रोक्न ठूलो मद्दत पुगेको छ । साल्ट ट्रेडिङको आन्तरिक तथा बाह्य व्यापारिक सम्बन्धको सञ्जाल पनि ठूलो छ, जसकारण उसले आवश्यक सामग्रीको जोहो गर्दै छिटो, छरितो ढुवानी र आयातित वस्तुको व्यवस्थापनमा सफलता पाएको छ । साल्ट ट्रेडिङलाई अझ बलियो संस्थाको रूपमा अघि बढाउन हिजोका दिनमा भए/गरेका कामहरूको समीक्षा गरी थप योजना तय गर्नुपर्छ । संकटका बेला संस्थाले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ दीपक सुवेदी पूर्व सञ्चार सचिव साल्ट ट्रेडिङ ५८ वर्षको परिपक्व अवस्थामा पुग्नुको पछाडि तीनओटा पक्ष एकदमै मजबूत छन् । बोर्ड एकदम पेशागत छ, जहाँ विज्ञ व्यक्तिहरू हुनुहुन्छ । अर्को व्यवस्थापन हो । सीईओ उर्मिला श्रेष्ठ व्यवस्थापनको शीर्ष पदमा भए पनि सामान्य कामका लागि समेत आफै खट्नुहुन्छ, जुन निकै सकारात्मक पक्ष हो । संस्थाको बलियो अर्को पक्ष त्यहाँका कर्मचारी हुन् । मैले धेरै संस्थाहरू हेर्ने मौका पाएकोमा अन्य संस्थामा ट्रेड युनियनले विभिन्न आन्दोलन गरेर संस्थालाई अघि बढ्न दिइरहेका हुँदैनन् । तर साल्ट ट्रेडिङका कर्मचारी पनि दिलोज्यान दिएर संस्थालाई अघि बढाउन लागिपरेका छन् । साल्ट ट्रेडिङले प्रत्येक घरमा आयोडिनयुक्त नुन पुर्‍याएको छ । व्यवसायलाई सेवाको रूपमा अँगालेर आयोडिनयुक्त नुन आम उपभोक्ताको पहुँचमा पुर्‍याएकाले पनि संस्था यो उचाइमा पुगेको हो । मुलुकभर यसको आपूर्ति व्यवस्था अति चुस्त छ । संस्थाले करीब एक वर्षलाई पुग्ने आयोडिन नुनको मौज्दात राखेको हुन्छ । साथै गुणस्तरीय खाद्यवस्तु विक्री, सुपथ मूल्य पसल सञ्चालन लगायत कारणले पनि संस्था लोकप्रिय छ । विगतमा अभावका बेला समेत व्यवस्थित रूपमा ग्यास आपूर्ति गरेर संस्थाले ठूलो संकट टारेको छ । यस्तै मैदा पनि आफै उत्पादन गरेर बजारमा पुर्‍याइरहेको छ । चिनी र मल सर्वसुलभ रूपमा बेच्ने गरेको छ । यो पनि संस्थाले गरिरहेको महत्त्वपूर्ण योगदान हो । उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न सक्ने भएकाले साल्ट ट्रेडिङ यो स्थानमा छ । यी सबै हिसाबले शेयर बजारमा आज साल्ट ट्रेडिङको जुन हैसियत छ, त्यसबाट पनि संस्थाको उचाइ थाहा हुन्छ ।

खोप नपाएसम्म कास्कीका बिक्रेताले खाना पकाउने ग्यास आपूर्ति बन्द गर्ने

पर्वत : खाना पकाउने एल.पी ग्यास बिक्री गर्दै आएका कास्कीका बिक्रेताहरूले आफूहरूलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप नदिएसम्म ग्यास आपूर्ति नगर्ने भएका छन्।कोरोना महामारी र त्यसबाट निम्तिएको संकटमा एल.पी ग्यास बिक्रेता संघ कास्कीमार्फत नागरिकको दैनिक जीवन गुजारा चलाउन ग्यास आपूर्ति गर्दै आएको भए पनि अब भने खोप नपाएसम्म ग्यास आपूर्ति गर्न नसकिने उनीहरूले बताएका छन्।अध्यक्ष बालकृष्ण कोइरालाले बिक्रेताहरूले अग्रपंक्तिमा रहेर नागरिकलाई सेवा दिएको दिइरहेको भए पनि सरकारले भने बिक्रेता र यसमा आबद्ध मजद

खोप नपाएसम्म कास्कीका बिक्रेताहरूले ग्यास आपूर्ति नगर्ने

पर्वत : खाना पकाउने एलपी ग्यास बिक्री गर्दै आएका कास्कीका बिक्रेताहरूले आफूहरूलाई सरकारले कोरोना भाइरसविरुद्ध खोप नदिएसम्म ग्यास आपूर्ति नगर्ने भएका छन्।कोरोना महामारी र त्यसबाट निम्तिएको सङ्कटमा एलपी ग्यास बिक्रेता संघ कास्कीमार्फत नागरिकको दैनिक जीवन गुजारा चलाउन ग्यास आपूर्ति गर्दै आएको भए पनि अब भने खोप नपाएसम्म ग्यास आपूर्ति गर्न नसकिने उनीहरूले बताएका छन्। अध्यक्ष बालकृष्ण कोइरालाले बिक्रेताहरूले अग्रपङ्क्तिमा रहेर नागरिकलाई सेवा दिएको दिइरहेको भए पनि सरकारले भने बिक्रेता र यसमा आबद्ध