कोहलपुर (बाँके)। हिन्दू धर्मालम्वीहरूको महान् चाड दशैंको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दशैं मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् ।
नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए । भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दशैं मनाउनका लागि गृहजिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताए ।
'टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट विक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु,' जेठाराले भने, 'बिहान ४ बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।'
स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ ।
निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए । उनका अनुसार दशैंको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् ।
निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दशैंलाई लक्षित गरी आइतवारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ ।
एयरलाइन्स क्षेत्रीय कार्यालय, नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दशैंको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । 'यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो,' उनले भने, 'अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।'
यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए। यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो ।
बाजुरा कोल्टीकी सङ्गीता विष्टले दशैंका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताए । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो । 'एउटा उडानमा १७ सिट हुन्छ,' उनले भने, 'यहाँ सातओटा टिकट मात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।' रासस
काठमाडाैँ- तराई/मधेसमा बाक्लो हुस्सु/कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन्। भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु/कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गरे। भिजिबिलिटी कमजोर रहेकाले […]
जिल्लाको ताल्चामा अवस्थित रारा विमानस्थल नीजि हवाई जहाज नचल्दा केही दिन यता देखि यात्रु लाई सकस भएको छ । रारा विमानस्थलमा नियमित रुपमा उडान भर्दै आई रहेका निजी जहाजहरूले उडान रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सकस भएको होे । मुगुमा पछिल्लो समय तारा एयर , समिट एयर , र सीता एयरले नेपालगन्ज विमानस्थल बाट रारा विमानस्थलका लागि दैनिक रुपमा उडान भर्दै आई रहेका थिए ।सो जहाज मुगुमा उडान नभरी पुर्व तिर उडान भर्नाले यहाँका यात्रु लाई सास्ती भएको बताइएको छ । प्रत्येक
३ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् । वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको […]
काठमाडौं विमानस्थल हुँदै दुई युवकले चार केजी सुन नेपालगन्ज पुर्याएको घटनामा प्रहरीको चरम लापरबाही रहेको छानबिन समितिले औँल्याएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गठन गरेको छानबिन समितिले प्रहरीको मिलेमतो नदेखिएको,...
२७ साउन, काठमाडौं । नेपालबाट यूएई प्रस्थान गर्ने यात्रुका लागि त्यहाको सरकारले तोकेको प्रावधानका कारण नेपालबाट टिकट काटेका सयौं यात्रु अलपत्र परेका छन् । अहिले नेपालबाट यूएई ट्रान्जिट हुने यात्रुलाई मात्र बोकेर एयरलाइन्स उड्नु पर्ने बाध्यता छ । जसले गर्दा कम्पनीहरुले समेत खाली सीट जहाज उडाउनु परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालबाट […]
बागलुङ : बन्द भएको २६ वर्षपछि विमानस्थल संचालनमा आएको बलेवा विमानस्थल पुग्ने सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती भएको छ।
सदरमुकामदेखि १३ किमीको दूरीमा रहेको विमास्थल पुग्न मोटरमा डेढ घण्टा लाग्ने गरेको छ। वर्षा नलाग्दैको छिटफुट झरीले सडक हिलाम्मे भएको छ र स्तरीय सडक नहुँदा विमानस्थलसम्मको आवातजावत कष्टपूर्ण बनेको छ।
चालिस मिनेटको बलेवा-काठमाडौँ
केही दिनयता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा परेको जहाज तथा यात्रु चाप व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ। शुशिल भट्टराईले आजको नागरिक दैनिकमा समाचार लेखेका छन्। क्षमताभन्दा दोब्बर उडान अवतरण थेग्नुपरेपछि त्यसको प्रत्यक्ष असर यात्रुमाथि परेको छ। नियमित उडान तालिकाअनुसार गन्तव्यमा जानुपर्ने विमानको चाप विमानस्थलले व्यवस्थापन गर्ननसक्दा घन्टौंसम्म यात्रु विमानस्थलमै अड्किन थालेका छन्। विमानस्थलका अनुसार दैनिक अधिकतम्…