१८ पुस, काठमाडौं । अध्यागमको कार्यक्षेत्रमा प्रहरीको हस्तक्षेप बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार केहीबेर सेवा रोकेका छन् । असन्तुष्टि लिएर सबै कर्मचारी अध्यागमन विभाग पुगेपछि कम्तिमा आधा घण्टा सेवा प्रभावित भएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘कर्मचारीहरु गुनासो सुनाउन निस्किँदा केही समस्या भएको बताए । उनले भने, ‘यद्यपि, कुनै विमान […]
७ मंसिर, पोखरा । उद्घाटन भएको करिब एक वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । उपसचिव लिलाभल्लव न्यौपानेले यहाँको अध्यागमन कार्यालयको नेतृत्व गरेका छन् । विमानस्थलमा कूल २९ जना कर्मचारी दरबन्दी रहे पनि पहिलो चरणमा बिहीबारदेखि विभिन्न तहका १० जना कर्मचारीले कार्यालय सम्हाल्न थालेका हुन् । ‘गृहमन्त्रालयले खटाएअनुसार हामी विभिन्न तहका […]
११ असार, काठमाडौं । भन्सारका कर्मचारीकै संलग्नतामा नक्कली बिल बनाएर भन्सार छली गर्ने गरिएको खुलेको छ । यस्तो कार्यमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान थालेको छ । विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँचपास गर्दा नक्कली बिल पेश हुँदा त्यसैका आधारमा ती कर्मचारीहरुले भन्सार जाँचपास गरिदिएको […]
काठमाडौं : अंग्रेजी नयाँ वर्षको दिन पारेर आइतवार उद्घाटन हुन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि यतिखेर विभिन्न निकायका कर्मचारी धमाधम परिचालन भइरहेका छन्।
विमानस्थलबाट आन्तरिक उडान परीक्षण भइसकेको छ। टर्मिनल भवनमा आन्तरिक उडान गर्दै आएका विभिन्न वायुसेवा कम्पनीका लागि चेक-इन काउन्टर तयार भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल…
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउने मिति तय भएसंगै बजारभित्र रहेको पुरानो विमानस्थलमा बिचौलियाका आँखा पर्न थालेका छन् । तर पोखरेली अगुवाहरु यो ठाउँमा कर्मचारी आवास वा व्यापारिक कम्प्लेक्स कुनै हालतमा बन्न नदिने पक्षमा छन् ।
अमेरिकाले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको स्वीकार गरेको छ।
तालिवानले काबुल नियन्त्रणमा लिएपछि हमिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर इस्लामिक स्टेटले बम विस्फोट गराएको थियो। त्यसमा केही अमेरिकी सेवामा कार्यरत कर्मचारी र सर्वसाधरणको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले इस्लामिक स्टेटलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको थियो।…
शुक्रवार काबुलस्थित हदिम कर्जाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको आत्मघाती बम विस्फोटमा करिब ११० जनाको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। आक्रमणमा मारिनेमा अधिकांश अफगानी नागरिक रहेका छन्। विस्फोटमा १३ जना अमेरिकी सेवाका कार्यरत कर्मचारी र २८ जना तालिवानी लडाकुको समेत मृत्यु भएको छ।
काबुल विमानस्थल बाहिर भएको आक्रमणको जिम्मेवारी आइएसआइएसले…
अफगानिस्तानको राजधानी काबुलमा रहेको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको अवस्था अझै पनि अस्तव्यस्त रहेको छ । अमेरिकासहितका पश्चिमा देशहरुले आफ्ना कर्मचारी तथा नागरिकहरु एवम् सहयोगी अफगानलाई उद्धार गर्ने प्रक्रिया जारी राखेका बेला विमानस्थल अस्तव्यवस्त नै छ । विमानस्थलको पहुँचमा नियन्त्रण कायम गरेका तालिबान लडाकुले हवाई फायर गरेर विमानस्थल जाँदै गरेका सर्वसाधारणलाई तितरवितर पारेका छन् । […]
अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएका छन्। तालिबान काबुलमा आएसँगै त्यहाँबाट बाहिरिन चाहेका नागरिकको भिडभाड रहेका बेला अमेरिकी सैनिकले काबुलमा रहेको हामिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएका हुन्। अमेरिकी सैनिकले काबुलको एअर ट्राफिक कन्ट्रोल आफ्नो नियन्त्रणमा लिएको छ। उसले आफ्ना नागरिक तथा कर्मचारीहरु तथा सहयोगी देशका कर्मचारी तथा नागरिकको उद्धारलाई […]