मतपरिणाम आउने क्रम जारी : कुन गाउँपालिका प्रमुखमा को विजयी ?

वैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत मुलुकभरका विभिन्न स्थानको मतपरिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म १० ओटा गाउँ पालिकाको अन्तिम परिणाम आइसकेको छ । जसमध्ये नेकपा (एमाले) को तर्फबाट पाँच जना उमेदवार पालिका प्रमुख पदमा विजयी भएका छन् । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट तीन जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् । त्यसैगरी नेकपा(एकीकृत समाजवादी) को तर्फबाट दुई जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकाको प्रमुखमा नारासिंह रोकाय विजयी भएका छन् ।  यसअघि नै नेकपा (एकिकृत समाजवादी) का दुई र नेकपा(एमाले) को एक जना उमेदवार गाउँपालिकामा निर्बिरोध विजयी भइसकेका छन्।  अहिलेसम्मको अन्तिम परिणाम आएका पालिकाहरु :  नेकपा(एकीकृत समाजवादी ) : १. काइके गाउँपालिका (डोल्पा) अंगद कुमार राना २. छार्का ताईसोइ गाउँपालिका (डोल्पा) सेनाङ गुरुङ    नेकपा(एमाले) : १. शे फोक्सुण्डो गाउँपालिका (डोल्पा) धावा सन्दुक गुरुङ २. लो घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ) लोप्साङ छोम्पेल विष्ट ३. चामे गाउँपालिका (मनाङ) लोकेन्द्रबहादुर घले  ४. मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) कान्छा घले ५. वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) रिङजीन नामगेल गुरुङ    नेपाली काँग्रेस : १. घरपझोङ गाउँपालिका (मुस्ताङ) मोहनसिंह लालचन २.नार्पाभूमि गाउँपालिका (मनाङ) कोन्जो तेन्जिङ लामा  ३.नासों गाउँपालिका (मनाङ) धनबहादुर गुरुङ   नेकपा (माओवादी केन्द्र) : १.जगदुल्ला गाउँपालिका( डोल्पा ) नारासिंह रोकाय

सम्बन्धित सामग्री

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ हालसम्म को को विजयी भए (नामावलीसहित)

मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त मत परिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५३, नेकपा (एमाले) ४२, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १० क्षेत्रमा विजयी भएका …

यी हुन माओवादीका १४ विजयी उम्मेदवार (सूचिसहित)

काठमाडौँ – मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अहिलेसम्म नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ४५ स्थानमा जित हात पारेको छ । भने नेकपा एमालेले ३७ र नेकपा माओवादी केन्द्रले १४ स्थानमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रका विजयी उम्मेदवारहरु: पूर्ण […]

चितवन २(१)मा एमाले र ३ (१)मा राप्रपा विजयी

काठमाडौँ,८ मँसिर । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नम्बर २(१) र ३(१)को मत परिणाम आएको छ । प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नम्बर २(१) मा कृष्णप्रसाद सिलवाल विजयी हुनुभएको छ । उहाँ एक हजार दुई सय ४० मतान्तरले विजयी हुनुभएको हो । […]

यी हुन् एमालेका विजयी ५ उम्मेद्वार

काठमाडौँ : आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरणाम आउने क्रम जारी छ । प्रतिनिधिसभा अन्तर्गत हालसम्म एमालेका ४० जना उम्मेदवारहरुले मतगणनामा अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार निर्वाचनमा हालसम्म नेकपा एमालेका ५ जना उम्मेदवार विजयी भएका छन् । गुल्मीको २ मा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीकी नेतृ […]

यी हुन् प्रतिनिधिसभामा विजयी सांसद (सूचीसहित)

काठमाडौं  ः  प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ। बुधबार बिहानसम्म २२ जनाले प्रत्यक्षमा निर्वाचन जितेका छन्। पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो स्थानमा पछ्याइरहेको छ। समानुपातिलकमा पहिलो दल बनिरहेको एमाले प्रत्यक्षमा पछि परेको हो। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ। कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ।नेकपा एकीकृत समाजवादी एक स्थानमा विजयी भएको छ। माओवादी केन्द्र,

बागलुङको निसीखोलामा कांग्रेसका सुर्यबहादुर विजयी

स्थानीय तह निर्वाचन मतगणनामा बागलुङका विभिन्न पालिकाको मत परिणाम आउने क्रम जारी रहेको छ । मतपरिणाम आएसँगै गठबन्धनका दलहरुकै उम्मेदवार विजयी भएका छन् । जिल्लाको निसिखोला गाउँपालिकामा नेपाली कांग्रेसका सुर्यबहादुर...

काभ्रेमा तीन भाग्यमानी वडाध्यक्ष - जो एक मतले विजयी भए

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको नतिजा आउने क्रम जारी छ । त्यसै क्रममा तीन स्थानीय तहको तीन वडामा एकरएक मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् । अचम्म...

यी हुन् प्रधानमन्त्री देउवाको जिल्ला डडेलधुराबाट हालसम्म विजयी उम्मेदवार

डडेलधुरा, १ जेठ : स्थानीय तहको निर्वाचनपश्चात डडेलधुरामा मत परिणाम आउने क्रम जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले तीन हजार एक सय ८४ मत प्राप्त गरी विजयी भए भने उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले […]

कांग्रेस निर्वाचनको नतिजा आउने क्रम जारी, गगन–विश्वप्रकाशमाथि विश्वासको भारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म सभापतिसहित दुई उपसभापति, २ महामन्त्री र ३ जना सहमहामन्त्रीको अन्तिम परिणाम आइसकेको छ भने शुक्रबार सहामन्त्रीकै गणना हुन बाँकी रहेका क्लस्टरहरुको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको मतगणना जारी रहँदा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माको विजय यात्रालाई लिएर पार्टीभित्र र बाहिर एकखालको खुसीयाली नै देखिएको छ । सभापतिमा शेरबहादुर देउवा विजयी हुँदा कांग्रेसका मतदाताले प...